नेपाली काँग्रेसको १४ औं महाधिवेशन स्थलको उद्घाटन सत्र चल्दै गर्दा काँग्रेसका एक नेता आफ्नो उम्मेदवारी घोषणा गर्न हतारिए । निर्माण व्यवसायी तथा प्रतिनिधि सभाका सांसद समेत रहेका उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा छन् । उद्घाटन सत्रमा चलिरहेको नेताहरूको संशोधनको कुनै मतलब नगरी उनको पक्षमा एक हुल युवाहरू नारा लगाइरहेका थिए । नारा यस्तो थियो : नेपाली काँग्रेस के भन्छ : जिपछिरिङ लामा ले भन्छ शेरबहादुर देउवा के भन्छ : जिपछिरिङ लामा ले भन्छरामचन्द्र पौडेल के भन्छ : जिपछिरिङ लामा ले