मालीमा हिंसात्मक घटनामा कमी आएन

काठमाडौं- गत वर्षको पछिल्लो छ महिनामा पश्चिम अफ्रिकी मुलुक मालीमा कम्तिमा ८ सय ८६ नागरिक मारिएको, घाइते भएको वा बेपत्ता भएको तथ्यांक सार्वजनिक भएको छ । मालीस्थित संयुक्त राष्ट्रसंघ बहुआयामिक एकीकृत स्थिरता मिसन मिनुस्माले प्रकाशित गरेको प्रतिवेदनमा यस्तो तथ्यांक सार्वजनिक भएको हो । पीडित मध्ये ४० बालबालिका र ६५ जना महिला रहेको मिनुस्माले जनाएको छ […]