मोरङ – नेपाली कांग्रेस कोशी प्रदेशसभा संसदीय दलले नयाँ गठबन्धन सरकारको लागि पहल सुरु गर्ने भएको छ। विराटनगरस्थित प्रदेशसभामा आकस्मिक रुपमा बसेको कांग्रेस संसदीय दलको बैठकपछि प्रमुख सचेतक भुपेन्द्र राईले सबै दललाई मिलाएर कांग्रेसले सरकारको नेतृत्व गर्ने गरी अघि बढ्ने निर्णय गरेको बताए। प्रमुख सचेतक राईले गठबन्धन दलहरुसँग छलफल प्रक्रिया अघि बढाउँदै निष्कर्षमा पुग्ने निर्णय […]