होण्डाको नयाँ एमेज २०२१ नेपालमा सार्वजनिक

नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले स्टाईल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी होण्डाको एमएमसी एमेज २०२१ नेपाली बजारमा लन्च गरेको छ ।नयाँ एमेज २०२१ मा रहेको एड्भान्स ‘एलईडी’ प्रोजेक्टर हेडल्याम्प र त्यसैमा एकीकृत रहेको ‘एलईडी डीआरएलएस’ का साथै नयाँ एड्भान्स फ्रन्ट फग ल्याम्पले सबैको ध्यान आकर्षण गर्ने कम्पनीको दाबी छ ।डायमण्ड कट् […]

सम्बन्धित सामग्री

होण्डाको एमएमसी एमेज २०२१ सार्वजनिक, पेट्रोल र डिजल दुवै भेरियन्टमा उपलब्ध

नेपाली बजारमा होण्डाको एमएमसी एमेज २०२१ सार्वजनिक गरिएको छ । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले स्टाईल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी शानदार इन्टेरियरस्का साथ नयाँ गाडी नेपाली बजारमा लन्च गरेको हो । कम्पनीका अनुसार  'यस नयाँ एमेज २०२१ मा रहेको एड्भान्स LED प्रोजेक्टर हेडल्याम्प र त्यसैमा एकीकृत रहेको LED DRL's  का साथै नयाँ एड्भान्स फ्रन्ट फग ल्याम्पले सबैको ध्यान आकर्षण गर्नेछ । यस कारको अर्को प्रमुख विशेषता भनेको यसमा भएको डायमण्ड कट् टू टोन मल्टी स्पोक R-15  एलोए व्हीलस् हो । त्यसै गरी यस एमेज २०२१ मा गाइडलाइन सहितको रियर मल्टीभियू क्यामेरा रहेको छ र यस कारले सुरक्षाका लागि NCAP बाट ४ स्टार सेफ्टी  रेटिङ्ग समेत प्राप्त गरेको छ । यसका साथै यस कारमा पहिलो पटक आफ्नो क्लासमा पेट्रोल र डिजल दुवै भेरियन्टमा ७ स्पिड CVT गियरबक्स् रहेको छ । 'यस कारमा रहेको स्ल्कि सोलिड विङ्ग फेस फ्रन्ट ग्रिलले यसको डिजाइनलाई अझ आकर्षित गरेको कम्पनीले उल्लेख गरेको छ । अटोमेटिक हेडलाइट कन्ट्रोलका साथ लाइट सेन्सर, प्रिमियम C- Shaped LED कम्बिनेसन ल्याम्प, क्रोम डोर ह्याण्डल जस्ता यस कारका अन्य विशेषताहरु पनि रहेको छ ।