काठमाडौं (अस) । टिभीएस मोटर कम्पनीले मंगलबार टिभीएस एनटर्क १२५ आरटीएफआई स्कुटर पोखरामा बिक्री सुरु गरेको छ ।
टिभीएस नेपालका ब्रान्ड एम्बेसेडर प्रदीप खड्का र स्वस्तिमा खड्काले पोखरास्थित बतास ब्रदर्स प्रालिको सोरुममा उक्त स्कुटर सार्वजनिक गरे ।
टिभीएस एनटर्क१२५ स्कुटर आधुनिक डिजाइनमा युवा वर्गलाई लक्षित गरी उत्पादन गरिएकाले यस क्षेत्रका ग्राहकको रोजाइमा पर्ने विश्वास बतास ब्रदर्सका महाप्रबन्धकले
व्यक्त गरे ।
टिभिएस एनटर्क१२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटर हो । स्कुटरमा स्मार्ट कनेक्टलेफुल्ली डिजिटल स्पिडोमिटर, नेभिगेसन एसिस्ट, टप स्पीड रेकर्डर, इन–बिल्ट ल्याप–टाइमर, फोन ब्याट्री स्टे«न्थडिस्प्ले, लास्टपार्क लोकेसन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर र स्टिट र स्पोर्टलगायत सुविधा छन् ।
टिभिएस एनटर्क१२५ पाँच भेरिएन्ट, डिस्क, ड्रम, रेस एडिसन, रेस एडिसन र सुपरस्क्वाड एडिसनमा उपलब्ध छ । यो म्याट रेड, मेटालिक ग्रे, मेटलिक रेड, मेटलिक नीलोको रङमा उपलब्ध गराइएको छ ।