काभ्रे : काभ्रेमा दशैं, तिहार लगायतका पर्व नजिकिँदै गर्दा बनेपा र पाँचखालमा एकै समयमा दुई महोत्सव सुरू भएको छ। सोमबारबाट जिल्लाको बनेपामा काभ्रे उद्योग वाणिज्य संघ र पाँचखालस्थित पाँचखाल युनाइटेड फुटबल एसोसिएसनको आयोजनामा महोत्सव सुरू भएको हो। काभ्रेमा असोज ३ देखि १५ गतेसम्म ‘पाँचौँ काभ्रे महोत्सव’ र असोज ३ देखि १६ गतेसम्म चल्ने गरी ‘तेस्रो पाँचखाल महोत्सव’ सुरू भएको छ। आयोजकका अनुसार काभ्रे महोत्सव बनेपा नगरपालिका–७ स्थित उग्रेश्वर मन्दिर परिसरमा सुरू भए