गुल्मीमा बाढीले बगायो यात्रुबाहक जीप

गुल्मीमा लेतेखोलामा सोमवार दिउँसो आएको बाढीले यात्रुबाहक जीप बगाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख गोपालचन्द्र भट्टराईका अनुसार अविरल वर्षासँगै आएको बाढीले गुल्मीको सत्यवती गाउँपलिका खैरेनी रुद्रबेणी सडकखण्डको उल्लीखोला नजिकैको लेतेखोलाले खोलाले जीप बगाएको हो ।  बुटवलबाट गुल्मीको भुवाचिदीका लागि छुटेको लु१ज ३४३२ नम्बर बोलेरो जीप बाढी बगाए पनि मानवीय क्षति भने हुन पाएन । जीपमा चालकसहित ९ जना यात्रु सवार रहेको बताइएको छ ।   ‘जीप खोला नजिक दलदलमा फसेको तथा यात्रु र चालक गाड...