स्याङ्जा : कालीगण्डकी नदीमा आएको बाढीका कारण सेतीबेणी बजार डुवानको उच्च जोखिममा रहेको भन्दै कालीगण्डकी ए जलविद्युत् आयोजनाको उत्पादन बन्द गरिएको छ। कालीगण्डकी नदीमा पानीको सतह उच्च रहेको कारण तीनवटा टर्बाइनबाट उत्पादन हुने १४४ मेगावाट विद्युत् उत्पादन बन्द गरिएको हो। ‘विद्युत् उत्पादन गर्दा जलाशयमा पानी थुन्नुपर्ने हुन्छ। यहाँ पानी थुनियो भने सेतीबेनी बजार अझै जोखिममा पर्न सक्छ,’ आयोजना प्रमुख पशुपति गौतमले भने, ‘त्यसैले उत्पादनलाई शून्यमा झारेका हौं।’कालीगण्डकीमा पा