कमल थापालाई राप्रपा नेपाल जिम्मा लगाउने लाक्पा तामाङले आफूले नेतृत्व छाड्नु स्वाभाविक भएको बताएका छन् । विगतमा राप्रपा नेपाल कमल थापाले नै बनाएकाले आफूले नेतृत्व छाडेर उनलाई नै पार्टी जिम्मा लगाएको लाक्पाको भनाइ छ । ‘राप्रपा नेपाल स्थापित गर्ने कमल थापा नै हो’, उनले आइतबार रातोपाटीसँग भने, ‘म त त्यखितेर साधारण एउटा धनकुटा जिल्लाको उपाध्यक्ष मात्रै थिएँ । २०७४ सालमा राप्रपासँग एकता भए पछाडि म त्यता नगइकन राप्रपा पुनर्जीवित गरेर बसेको थिएँ । यो उहाँको नासो उहाँलाई नै थिएँ ।&rsquo