रुपन्देही - रुपन्देहीको रोहिणी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी विजयी भएको छ ।
जसपाका उम्मेदवार विद्याप्रसाद यादव ७ हजार ४ सय ९६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी राप्रपाका ताहिर अलि भाटले ६ हजार ४ सय ५८ मत ल्याउनुभयो ।
उपाध्यक्षमा भने ६ हजार १ सय ५४ मत ल्याएर राप्रपाकी शिवकान्ती चमार विजयी हुनुभएको छ । जसपाकी रिमा मिश्रले ५ हजार २ सय ९ मत ल्याउनु भएकाे छ ।