संघीय समाजवादी फोरमलाई सरकारमा सहभागी गराउने विषय टुंगो लगाउन बालुवाटारमा बसेको बैठक बिना निश्कर्ष टुंगिएको छ। मन्त्रालयको भागबण्डा नमिलेपछि एमाले माओवादी र फोरमबीचको वार्ता बिना निश्कर्ष टुंगिएको हो। फोरमले आफूलाई ३ वटा मन्त्रालय दिनुपर्ने माग गर्दै आएको छ भने एमाले माओवादीले भने २ वटा मन्त्रालय दिन सकिने बताउँदै आएको छ। फोरम सह-अध्यक्ष राजेन्द्र श्रेष्ठले आफूहरू सहमतिको…