कोठामा बस्नेको बसेकै ठाउँमा जनगणना गरिने

काठमाडौं : ‘मेरो गणना मेरो सहभागिता’ भन्ने मूल नाराका साथ बिहीबारबाट जनगणना सुरु भएको छ। केन्द्रीय तथ्यांक विभागका महानिर्देशकको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीको गणना गरी १२ औं जनगणनाको सुरुवात गरिएको हो। जनगणनाका लागि ४० हजार  गणक खटिएका छन्। गणकलाई सहजीकरण गर्नका लागि देशभर ८ हजार ५ सय जना सुपरीवेक्षक खटाइएको विभागले जनाएको छ। जनगणनाको तथ्यांक संकलन १५ दिनभित्रै सक्नुपर्ने छ। मुख्य प्रतिवेदन २०७९ सम्ममा प्रकाशित गरिने छ भने सबै क्षेत्रका विषयगत प्रतिवे