पाटन दरबार परिसरमा आउँदो शनिबार मनाइने भीमसेन खट जात्राको तयारी सुरु भएको छ । हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन उक्त खटजात्रा हुने भएसँगै सोको तयारी अघि बढेको हो । आज दिनभरिमा पित्तलको खट बनाएर शनिबार हुने जात्राका लागि तयारी भइरहेको भीमसेन जात्रा सञ्चालक समितिका संयोजक किरणमान प्रधानले बताए ।उनले भने, “मुलुकमा अझै कायम रहेको कोभिड महामारीका कारण विगत दुई वर्ष अघिदेखि हामीले यो जात्रा भव्यताका साथ मनाउन पाएका थिएनौँ, यस पटक भने हर्षोल्लासका साथ मनाउने तयारी गरिरहेका छौँ ।”