गोली लोडेड अवस्थामा रहेको अमेरिकन पेस्तोलसहित दुई जना पक्राउ

काठमाडौँ । सशस्त्र प्रहरीको टोलीले काठमाडौंको गहना पोखरी ईलाकाबाट शनिबार दिउँसो मेडईन यूएसए लेखिएको एक थान ९ मिमि पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । सोको पाँच वटा गोली म्याग्जिनमा  लोडेड रहेको अवस्थामा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा काभ्रे जिल्लाको रोशी गाउँपालिका ३ शिखर अम्बोटे घर भई काठमाडौंको जडिबुटि बस्ने कोटे लामा र सोही जिल्लाको  नवबुद्ध नगरपालिका ११ घर भई जडिबुटि बस्ने अनन्त तामाङ्ग छन् ।  पक्राउ परेका कोटे लामा २०७४ सालदेखि फरार अभियुक्त रहेको कुरा खुल्न आएको छ...