धरानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न समिति गठन

काठमाण्डौ – धरानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न समिति गठन भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको निर्देशन अनुसार धरान उपमहानगरपालिकामा विमानस्थल निर्माणको लागि सम्भाव्यता अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन सदस्यीय समिति गठन गरेको हो । प्राधिकरणका प्रबन्धक इन्जिनियर नलविक्रम थापा संयोजक रहेको समितिमा प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य रहनुभएको छ ।

सम्बन्धित सामग्री

चार जलविद्युत् आयोजनाको ३६ अर्ब ३७ करोड रुपैयाँ लगानी स्वीकृत

काठमाडौँ । लगानी बोर्डले चारओटा जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा शुक्रवार सम्पन्न बोर्डको ५५औं बैठकले उक्त लगानी स्वीकृत गरेको हो । २२ मेगावाटको रोल्वालिङ खोला, ६३ मेगावाटको छुजुङ खोला, ४९ दशमलव ९५ मेगावाटको दाना खोला र ४४ दशमलव ५२ मेगावाटको सानीभेरी जलविद्युत् परियोजनाका लागि कुल ३६ अर्ब ३७ करोड रुपैयाँ लगानी स्वीकृत गरिएको बोर्डले जानकारी दिएको छ । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कार्यान्वयनमा रहेका परियोजना समयमै सम्पन्न गर्न आवश्यक समन्वय प्रभावकारी बनाउन र लगानी स्वीकृति तथा परियोजना कार्यान्वयनसम्बन्धी प्रक्रियाहरूलाई छोट्याउँदै छिटोछरितो र परिणाममुखी रूपमा कार्यसम्पादन गर्न सम्बद्ध सबै निकायलाई निर्देशन दिनुभएको छ । बैठकले दमकस्थित चीन–नेपाल मैत्री औद्योगिक पार्कको सम्बन्धमा विकासकर्तासँग वार्ता गरी परियोजना विकास सम्झौता (पीडीए) को अन्तिम मस्यौदा तयार गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ ।  त्यस्तै दाङ जिल्लाको राजपुर गाउँपालिकामा २४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजनाको अध्ययनका लागि डोल्मा हिमालयन इनर्जीलाई अध्ययन अनुमतिपत्र दिने निर्णय बैठकले गरेको छ । साथै बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा २५० मेगावाटको सौर्य ऊर्जा विकासका लागि अध्ययनकर्ता राइजेन इनर्जी कोअपरेटिभ लिमिटेडबाट पेश भएको सम्भाव्यता अध्ययन प्रतिवेदनलाई बोर्डले जानकारीमा लिएको छ । बोर्डले माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सम्बन्धमा सर्वोच्च अदालतबाट जारी भएको निर्देशात्मक आदेश कार्यान्वयनका लागि मन्त्रिपरिषद्समक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको छ । यसका अतिरिक्त, बोर्ड बैठकले ग्रीन क्याल्सियम एमोनियम नाइट्रेट फर्टिलाइजर फ्याक्ट्री स्थापना सम्बन्धमा अध्ययनका लागि मलेशियास्थित रिनिकोला एसडीएन बीएचडीसँग गरिने समझदारीको मस्यौदा स्वीकृत गरेको छ ।  साथै तमोर जलाशययुक्त जलविद्युत् परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेश गर्न उच्चस्तरीय समितिसमेत गठन गर्ने निर्णय भएको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डबाट सम्पादित गतिविधिहरू तथा ५४औं बोर्ड बैठकको निर्णय कार्यान्वयनको अवस्था र ५५औं बोर्ड बैठकका कार्यसूचीका सम्बन्धमा संक्षेपमा प्रस्तुतीकरण दिएका थिए ।

हिन्दू विश्वविद्यालय निर्माणका लागि सम्भाव्यता अध्ययन समिति गठन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिन्दू विश्वविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययनसहित अवधारणा पत्र तयारी समिति गठन गरेको छ । हिन्दू विश्वविद्यालय स्थापना अध्ययनका लागि समिति गठन गर्ने मन्त्रीपरिषद्को निर्णयानुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पाँच सदस्यीय सम्भाव्यता अध्ययनसहित अवधारणा पत्र तयारी समिति गठन गरेका हुन् । डा. जगमान गुरुङको […]

नेपालगञ्ज-दिल्ली उडान सम्भाव्यता खोज्दै समिति

काठमाडौँ : भारतीय शहरका पर्यटकलाई नेपालगञ्जमार्फत नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा ल्याउनका लागि बाँकेको नेपालगञ्जमा एक समिति गठन भएको छ । नाट्टा बाँके च्याप्टरको पहलमा मंगलबार कोल्टे भान्छाघरमा बसेको भेलाले नेपालगञ्ज उपमहानगरको संयोजकत्वमा नेपालगञ्ज–दिल्ली उडान सम्भाव्यता अध्ययन समिति गठन गरेको हो । समितिले भारतका दिल्ली, चण्डीगढ र देहरादुन शहरमा उडान भर्नका लागि आवश्यक पहल, सम्भाव्यता अध्ययन, […]

कागेश्वरी मनोहरालाई खेलकुदको सहर बनाइने

कागेश्वरी मनोहरा नगरपालिकालाई स्पोर्टस सिटी (खेलकुद सहर) बनाउने उद्देश्यका साथ खेलकुद नगरी सम्भाव्यता अध्ययन तथा समन्वय समिति गठन गरिएको छ ।

मधेसको स्थायी संरचना र प्रहरी समायोजनलगायतको विषयमा गठबन्धनको ध्यानाकर्षण

जनकपुरधाम । मधेसका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको टोलीले प्रदेशको स्थायी संरचना निर्माण र प्रहरी समायोजनलगायतको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालगायत गठबन्धनको शीर्ष नेतृत्वलाई ध्यानाकर्षण गराएको छ । मधेस राजधानीको भौतिक संरचना निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न सरकारले समिति गठन गरेको थियो । उक्त समितिले सरकारी संरचना रहेको मधेस भवन (जनकपुर चुरोट कारखाना) र प्रदेशसभा रहेको स्थल […]

ज्येष्ठ नागरिक अस्पताल अर्को आर्थिक वर्षमा स्थापना हुने : स्वास्थ्य खतिवडा

काठमाडौँ, २८ माघ: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले ज्येष्ठ नागरिकलाई मात्र उपचार गर्न भनेर ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्न लागिएको बताएका छन् । मन्त्री भएको एक सय दिन पुगेको अवसरमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । मन्त्री खतिवडाले अस्पताल स्थापनाका लागि समिति गठन गरेर सम्भाव्यता अध्ययन कार्य भइरहेको र अर्को वर्ष […]

उद्घाटन गर्ने अवसर नजुरेकी बीना पुगिन् मेलम्ची

मेलम्ची आयोजनाको परिकल्पना भएको ४६ वर्ष पुग्यो । यसको सम्भाव्यता अध्ययन भएको २७ वर्ष पुग्यो । मेलम्ची खानेपानी आयोजना विकास समिति गठन भएको २० वर्ष भयो । त्यसयता मेलम्ची विकास समितिले आयोजनाको काम निरन्तर अगाडि बढाइरहेको थियो । तर, मन्त्री फेरिएपछि आयोजनाको कामले गति लिन सकेन ।

रुग्ण उद्योग पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गरिँदै

सरकारी तथा निजी क्षेत्रबाट सञ्चालन भइ रुग्ण बनेका उद्योगहरूको पुनः सञ्चालन तथा पुनरुत्थानका लागि उद्योण वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहल अगाडि बढाएको छ । रुग्ण उद्योग पुनः सञ्चालनका सम्बन्धमा विज्ञ समिति गठन गरी मन्त्रालयले सम्भाव्यता अध्ययन अघि बढाएको हो । मन्त्री लेखराज भट्टले मन्त्रालयमा पदभार ग्रहणपछि रुग्ण उद्योग सञ्चालनमा चासो देखाएका थिए । यही समितिले […]

नेपाल–भारत पानी जहाज सञ्चालन सम्भाव्यता अध्ययन समिति गठन

काठमाडौं : आगामी आर्थिक वर्षमा जलमार्गको सम्भाव्यता अध्ययन गरिसक्ने गरी सरकारले बिहीबार एक अध्ययन समिति बनाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षामान पुनले जल तथा ऊर्जा आयोगका सहसचिव माधव वेल्व