ढोरपाटन (बागलुङ) – जैमिनी नगरपालिका–४ सर्कुवाका तिलप्रसाद शर्माको दैनिकी हिजोआज घर कुरेरै बित्ने गरेको छ। घर छेउछाउका जङ्गल बढ्न थालेपछि बाँदरको हूल गाउँ छिरेको छ। गाउँ छिरेको बाँदरले बारीका मात्रै होइन घरमा राखेका अन्नपात खाइदिने गरेको छ। घर छोडेर एक्कै छिन यताउता जाने बित्तिकै सबै सामान नष्ट गरिदिने हुँदा तिलप्रसाद दिनभर घर कुरेर बस्छन्। छरछिमेकी […]
बागलुङ, जैमिनी नगरपालिका–४ सर्कुवाका तिलप्रसाद शर्माको दैनिकी हिजोआज घर कुरेरै बित्ने गरेको छ । घर छेउछाउका जङ्गल बढ्न थालेपछि बाँदरको हूल गाउँ छिरेको छ । गाउँ छिरेको बाँदरले बारीका मात्रै होइन घरमा राखेका अन्नपात खाइदिने गरेको छ । घर छोडेर एक्कै छिन यताउता जाने बित्तिकै सबै सामान नष्ट गरिदिने हुँदा तिलप्रसाद दिनभर घर कुरेर बस्नुहुन्छ …
गोंगबुमा बाँदरपीडित किसान भेला हुँदै छन् है’, हालैको एक बिहान एउटा म्यासेज आयो । नागरिक सरोकार अभियानकर्मी पनि बाँदरपीडित किसानसँग मिलेर संघर्ष गर्ने भन्दैथिए । माइतीघर मण्डला, शान्तिबाटिका पीडित आन्दोलनकारीले भरिभराउ छन् । बाँदरपीडित पनि काठमाडौं आउँदै रहेछन् । बाँदर बहसको विषयले मलाई ‘नोस्टेल्जिया’मा पुर्यायो ।
गलकोट (बागलुङ), ३२ साउन । बडिगाड गाउँपालिका–३ सिसाखानीको बाँयचौर निवासी फारम घर्तीले गत वर्ष पाँचमुरी मकै भित्र्याएको बारी अहिले बाँदरले रित्तै बनाइदिएको छ । बसाइँसराइका कारण बाँदर बस्तीमा आएपछि यस वर्ष मकै भित्र्याउनै नपर्ने गरी बाँदरले मकैबाली नष्ट भएपछि फारमसहित जीवन घर्तीलगायत बाँयचौर गाउँका सबै किसानको मकैबाली नष्ट भएको भएको छ । बाँदरले मकैबारीमा क्षति […]