नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ६ स्थित सनहीका ६५ घरपरिवार किसानले भेटेका छन् । भूमाफियाले कर्मचारीको मिलोमतोमा ६५ परिवारको ३४ बिगाहा जग्गा हडपेपछि पीडितहरुले मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रचण्डलाई भेटेर आफ्नो गुनासो राखेका हुन् ।‘भूमाफिया र कर्मचारीको मिलोमतोमा तपाईहरुले जोत भोग गर्दै आएको जग्गा हडपे छन् । तपाईहरुले मुद्धा समेत हाल्नु भएको रहेछ । मुद्धा जित्नुहुन्छ भन्ने विश्वास लिएको छु’