दाङमा मोटरसाइकल दुर्घटना, एक पुरुषको मृत्यु

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ । लमही नगरपालिका–४ हसनपुरका ४६ वर्षीय शिव गिरीको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको हो । गएराती लमही–५, रातोडाँडा भन्ने स्थानबाट हसनपुरतर्फ जाँदै गरेको रा ७ प ७८५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।मोटरसाइकलमा सवार गिरी गम्भीर घाइते भएलगत्तै उपचारका लागि लमही अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा उनको राती पौने १२ बजे मृत्यु भएको दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । 

सम्बन्धित सामग्री

बारामा मोटरसाइकल दुर्घटना, एक पुरुषको मृत्यु

बाराको महागढीमाई नगरपालिका–५ दहियारमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।  दुर्घटनामा परी मोटरसाइकल चालक पर्साको अलौटोलका ३५ वर्षीय रामबाबु साह र पछाडि सवार सर्लाहीको सेखौनाका अन्दाजी २८ वर्षीय अरविन्द कुमार कुशवाहा घाइते भएका थिए । घाइते दुबैको राजलक्ष्मी अस्पताल कलैयामा उपचार भैरहेकोमा कुशवाहाको मृत्यु भएको हो । साहलाई थप उपचारको लागी न्युरो अस्पताल वीरगन्ज पठाइएको छ ।  दहियारबाट गन्जभवानीपुर तर्फ जाँदै गर

महोत्तरीमा मोटरसाइकल दुर्घटना, एक पुरुषको मृत्यु

महोत्तरीको जलेश्वर–जनकपुर सडक खण्डस्थित चाँदनी चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–२१ कुर्थाका ४५ वर्षीय उपेन्द्र महासेठ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।प्र–२–०२–००३ प ७८७५ नंको मोटरसाइकलमा चढेर जनकपुरबाट जलेश्वर जाँदै गरेको अवस्थामा तीव्रगतिका कारण आफैं अनियन्त्रित भई जिल्लाको पिपरा गाउँपालिका–५ चाँदनी चोक नजिकै दुर्घटना हुँदा उहाँको मृत्यु भएको हो

बागलुङको निसीखोलामा मोटरसाइकल दुर्घटना, एक पुरुषको मृत्यु

बागलुङको निसीखोला गाउँपालिकामा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ध २प १९२१ नंको मोटरसाइकल दुर्घटना हुँदा निसीखोला–३ का ४२ वर्षीय देवीराम खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।झिवाखोलाबाट याङम्याङतर्फ जाने क्रममा गहतेरा खोला नजिकै दुर्घटना भएको हो ...

बाजुरामा मोटरसाइकल दुर्घटना, एक पुरुषको मृत्यु

साँफे–मार्तडी सडकखण्ड अन्तरंग बाजुराको बुढीगंगा नगरपालिका–६ मा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।  दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा सवार अछामको साँफेबगर घर भएका ३८ बर्षीय बल सुनार रहेका छन् । उपचारको क्रममा अछाम स्थित बयलपाटा अस्पतालमा उनको राती पौने २ बजे मृत्यु भएको हो ।  दुर्घटनामा घाइते भएका बाजुराकै त्रिवेणी नगरपालिका–४ का ३६ बर्षीय गगन साँउदको सोही अस्पतालमा उपचार भइरहेको छ । फाल

तनहुँमा मोटरसाइकल दुर्घटना, एक पुरुषको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी तनहुँमा एक व्यक्तिको मृत्यु भएको छ भने एकजना सख्त घाइते भएका छन् । मृत्यु हुनेमा व्यास नगरपालिका–७ स्थित कलेस्ती निवासी ५२ वर्षीय वीरबहादुर दरै रहेका छन् । ग १५ प ८४९५ नंको मोटरसाइकलमा सवार दरै सोही वडाको वडा कार्यालय नजिक नालीमा खस्दा घाइते भएका थिए । कलेस्ती बजारबाट करिब २०० मिटर दूरीमा पर्ने वडा कार्यालय नजिक नालामा खस्दा दरै सख्त घाइते भएका हुन् । दरैको उपचारका लागि तत्कालै दमौली बजारस्थित रत्नहरि मेमोरियल अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरी

ललितपुरमा मोटरसाइकल दुर्घटना, एक पुरुषको मृत्यु

वाग्मती गाउँपालिका– ३ मास्खोलामा आज बिहान एक मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका दुवै व्यक्तिलाई पाटन अस्पताल ल्याएर उपचार गर्दै गर्दा एकको मृत्यु भएको छ ।  महानगरीय प्रहरीवृत्त चापागाउँका अनुसार मृत्यु हुनेमा कलङ्की घर भएका ४८ वर्षीय निरज खनाल छन् । एउटै साधनमा दुवै व्यक्ति कान्ति लोकपथ भएर हेटौँडा जाने क्रममा बा ४५ प ४९०६ नंको मोटरसाइकल निरन्तर वर्षाले सडक बिग्रेका कारण २०० मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएका अर्का व्यक्ति धोबीघाट घर भएका ४७ वर्षीय निरञ्जनसिंह हमालको भने

पाल्पामा मोटरसाइकल दुर्घटना, एक पुरुषको मृत्यु

पाल्पामा मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो भएको सो दुर्घटनामा अर्का एकजना घाइते भएका छन्  । तिनाउ गाउँपालिका–३ झुम्सास्थित पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु ६७ प ५९११ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकमा पल्टिँदा बर्दियाको बासगढी नगरपालिका ६ निवासी ३६ वर्षीय जग्गु डाँगीको मृत्यु ...

बारामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

२५ साउन, वीरगञ्ज । बारामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन । सोमबार बिहान भएको दुर्घटनामा अन्दाजी ३२/३३ वर्षीय पुरुषको मृत्यु भएको हो । हुलाकी राजमार्ग अन्तर्गत …