कोरोना संक्रमण देखिएका विद्यालय बन्द गर्न काठमाडौं महानगरको आग्रह

काठमाडौं, ३ बैशाख । काठमाडौं महानगरपालिकाले महानगरभित्रका कोरोना संक्रमण देखिएका विद्यालय बन्द गर्न आग्रह गरेको छ । तर, शिक्षण सिकाई भने भर्चुअल माध्यमबाट जारी राख्नपनि महानगरले भनेको छ । कोरोना संक्रमित नभएको विद्यालयमा कोरोनाविरूद्ध अपनाउनुपर्ने मापदण्ड पूरा गर्न आग्रह गरिएको छ। साथै, त्यस्तो विद्यालयमा अभिभावक समेतको सहमति लिन भनिएको छ।

सम्बन्धित सामग्री

कोरोना संक्रमण बढेपछि टेम्केमैयुङका सम्पूर्ण विद्यालय बन्द

काठमाडौं : कोराना भाइरस संक्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन्। गाउँपालिकाले मंगललबारदेखि ६ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो। शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिने क्रम बढेपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ। स्वास्थ्य कार्यालय भोजपुरका अनुसार यस गाउँपालिकामा सबैभन्दा बढी सङ्क्रण देखिएको…

कोरोनाका कारण एक साताका लागि विद्यालय बन्द

काठमाडौं : शिक्षक तथा विद्यार्थीमा कोरोनाको लक्षण देखिएपछि तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका सबै विद्यालय एक साताका लागि बन्द गरिएको छ।अधिकांश शिक्षकसहित विद्यार्थीहरुमा कोरोना संक्रमण देखिएपछि २ निजीसहित २३ विद्यालय सोमबारदेखि बन्द गरिएको गाउँपालिका अध्यक्ष यादव बहादुर खापुङले थाहाखबरलाई जानकारी दिए।उनका अनुसार परीक्षण गरिएका अधिकांशमा कोरोना भाइरस पुष्टि भएको छ। तीव्र रुपमा संक्रमण फैलिएकाले बाध्य भएर विद्यालय बन्द गर्नुपरेको अध्यक्ष खापुङले बताए।सुरुमा ४ दिनसम्म बिदा दिइएको र त्यसपछिका तीन दि

विद्यालय जान पाएपछि खुसीले नाचे बालबालिका, तस्वीरहरू

काठमाडौं :  कोरोना महामारीको तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था खुलेका छन्।करिब एक महिना पश्चात विद्यालय खुलेका हुन्। कोरोना संक्रमण मत्थर भएपछि फागुन १ देखि विद्यालय खोल्ने निर्णय सरकारले गरेको हो।  विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको छ।स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गरेर मात्र विद्यालय सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ। संक्रम

देशभरका ३५ हजार विद्यालय आजदेखि बन्द

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोरोना संक्रमण तीव्र रूपले बढ्न थालेपछि मन्त्रालयले विद्यालय तहका शैक्षिक कार्यक्रम बन्द गरी देशभरका करिब ३५ हजार विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यही पुस २७ गतदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिए।कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिसका आधारमा मन्त्रालयले विद्यालय बन्

भौतिक उपस्थितिमै देशभरका विद्यालय सञ्चालन

काठमाडौं : कोभिड–१९ का कारण बन्द भएको करिब ७ महिनापछि देशभरका विद्यालय भौतिक उपस्थितिमा सञ्चालन आएका छन्।पछिल्लो समय कोरोना संक्रमण घटेसँगै विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन थालिएको हो।नेपालमा कोरोनाको दोस्रो लहरको फैलिएपछि वैशाख १६ गतेदेखि देशैभर निषेधाज्ञा जारी भएको थियो।वार्षिक परीक्षा पनि अनलाइनबाटै लिएका विद्यालय चैतदेखि बन्द भएका थिएनन्।निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरीका अनुसार दशैँ अगाडिसम्म देशभर ५५ प्रतिशत निजी तथा सरक

देशभरका विद्यालय बन्दको निर्णय, वैकल्पिक माध्यमबाट मात्रै पढाइने

काठमाडौं । सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको आइतबार बसेको बैठकले  कोरोना संक्रमण बढ्दै गएको कारण देखाउँदै देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । तर विद्यालय बन्द भएपनि भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन भने जारी राखिने सीसीएमसीका सचिवालय संयोजक तथा सचिव डा खगराज बरालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि वैशाख ६ मा मन्त्रिपरिषद्ले देशका प्रमुख सहरका विद्यालय बन्द गर्दै भर्चुअल माध्यमबाट पठनपाठनको निर्णय ग

वैशाखभर विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, बैशाख ६ । सरकारले वैशाखभर कोभिड १९ प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले कोरोना संक्रमण जोखिमका कारण वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा। शिवमाया तुम्बाहाङफेले जानकारी दिए । यातायातसहितका सार्वजनिक स्थानमा मापदण्ड बनाएर सञ्चालन […]

कोरोना कहर : कञ्चनपुर र बर्दियाका विद्यालय बन्द

काठमाडौं : कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी कञ्चनपुर र बर्दियाका विद्यालय बन्द गरिएको छ।कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजारस्थित भृकुटी माध्यमिक विद्यालयका शिक्षकमा कोरोना संक्रमण देखिएपछि विद्यालय व्यवस्थापन समितिले आइतबारदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको हो।कोरोनाको नतिजा पोजेटिभ आएका शिक्षकको सम्पर्कमा रहेका विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थीहरु र प्रत्यक्ष सम्पर्कमा रहेका सबैको स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले अर्को सूचना जारी नहुन्जेलसम्म लागि विद

कोभिड देखिएका विद्यालय एकसाता बन्द गर्न निर्देशन

काठमाडौं महानगरपालिका नगर कार्यापालिकाको कार्यालय, शिक्षा विभागले शुक्रबार विद्यालय सञ्चालन सम्बन्धमा निर्देशन जारी गर्दै महानगरभित्रका कुनै पनि विद्यालय, शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय अर्को सूचना नआएसम्म कम्तीम...

कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्ने काठमाडौं महानगरको निर्णय

३ वैशाख, काठमाडौं । विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएका काठमाडौँ महानगरपालिकाभित्रका विद्यालय बन्द हुने भएका छन् । काठमाडौँ महानगरपालिकाले संक्रमण पुष्टि भएका विद्यालयलाई एक साताका लागि बन्द गर्न दिने निर्णय गरेको हो ।