होन्डा एमेज २०२१ सार्वजनिक

काठमाडौं (अस) । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले स्टाइल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी होन्डाको एमएमसी एमेज २०२१ नेपाली बजारमा सार्वजनिक गरेको छ । नयाँ एमेज २०२१ मा रहेको एड्भान्स एलईडी प्रोजेक्टर हेडल्याम्प र त्यसैमा एकीकृत रहेको एलईडी डीआरएल्जका साथै नयाँ एड्भान्स फ्रन्ट फगल्याम्पले सबैको ध्यानाकर्षण गर्ने कम्पनीले बताएको छ । कारको प्रमुख विशेषता डायमन्ड कट् टू टोन मल्टी स्पोकआर–१५ एलोए ह्वीलस् हो । त्यसैगरी एमेज २०२१ मा गाइडलाइनसहितको रियर मल्टिभ्यू क्यामेरा छ भने यसले सुरक्षाका लागि एनक्यापबाट ४ स्टार सेफ्टी  रेटिङसमेत प्राप्त गरेको छ । कारमा पहिलो पटक आफ्नो श्रेणीमा पेट्रोल र डिजल दुवै भेरियन्टमा ७ स्पिड सीभीटी गियरबक्स् रहेको छ । कारमा रहेको स्ल्कि सोलिड विङ फेस फ्रन्ट ग्रिलले यसको डिजाइनलाई अझ आकर्षित गरेको छ ।  

सम्बन्धित सामग्री

होन्डाको नयाँ एमेज सार्वजनिक

नेपालका लागि होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डाको एमएमसी एमेज–२०२१ सार्वजनिक