वागचौर नगरपालिका ३ चौरपानीका ५५ वर्षीया टोपी शर्मालाई खानेपानीका लागि विहान सवेरै कुवा पुग्नुपर्ने वाध्यता अहिले हटेको छ । घर–घरमा खानेपानी धारा जडान भएपछि उहाँको दैनिकी फेरिएको हो ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०७९–८० मा दुई हजार ६७० वटा धारा निर्माण गरेको छ । एक घर एक धारा बनाउने सरकारको नीतिअनुसार यहाँ १३ हजार २७७ जना नागरिकलाई खानेपानीको सुविधा पुगेको हो ।
गण्डकी, २६ साउन । पाँच वर्षभित्रमा गण्डकी प्रदेशका एक लाख २९ हजार सात सय ९४ घरधुरीमा खानेपानी धारा जडान गरिएको छ । गत आवमा मात्र २१ हजार चार सय ७४ निजी धारा जडान गरिएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव इ डा सन्तोष कैनीका अनुसार आव २०७५/७६ देखि गत आवको […]
काठमाडौँ,२० माघ । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका पोखरा २० भलामखोरका बासिन्दाका घरघरमा धारा जडान गरिएको छ । कूल रू एक करोड १९ लाख ३२ हजार आठ सय लागतमा इक्राघारी विचारी खानेपानी आयोजना सम्पन्न भएसँगै स्थानीयको घर–घरमा मिटरसहितको खानेपानी धारा जडान गरिएको हो । गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत रु एक […]
जुम्ला : जुम्लाको तिला गाउँपालिका–६ सुडीगाउँमा प्रत्येक घरमा खानेपानी धारा जडान गरिएको छ। खानेपानी आयोजना निर्माणका लागि प्रत्येक घरले ७९ दिन काम गरेका थिए।कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्वारा सिर्जित चुनौती अनुकूलनसम्बन्धी कार्यक्रम (क्याप्स कर्णाली परियोजना) अन्तर्गत धारा जडान गरिएको हो।अहिले प्रत्येक घरमा खानेपानी धारा जडान गरिएको सुडीगाउँकी स्थानीय गौरीकला रावलले बताइन्। उनले भनिन्, ‘नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्
हिमा गाउँपालिकाका तीन वटा गाउँका सबै घरधुरीमा खानेपानी धारा पु-याइएको छ। हिमा गाउँपालिका–४ बड्कीका १६१ घरधुरी, पाँच वटा कार्यालय गरी १६६ धारा, वडा नं. ५ बाजगाडमा १३६ घरधुरी र वडा नं. ६ को डाँडाबाडामा ७४ घरधुरीको प्रत्येक घरमा खानेपानीको धारा जडान गरिएको छ। गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बड्की गाउँका १६१ घरधुरीमा पनि खानेपानी पु-याइएको जानकारी दिनुभयो। उहाँले स्थानीय सरकारको सबै घरधुरीमा खानेपानी पु-याइने लक्ष्य अनुसार काम भइरहेको बताउनुभयो।