काठमाडौंको जनघनत्व १७,४०० जना प्रतिवर्गकिमि

नेपालको जनघनत्व प्रतिवर्गकिमि १९८ जना मात्रै हो । तर, राजधानी काठमाडौंमा भने मानिसहरूको खचाखच बसोबास छ । राष्ट्रिय जनगणना-२०७८ अनुसार काठमाडौंको जनघनत्व १७ हजार ४ सय छ । जुन राष्ट्रिय जनघनत्वभन्दा ८७ गुणाभन्दा पनि धेरै हो । पछिल्लो दशकमा ठूलो राजनीतिक परिवर्तन र संघीयता लागू भए पनि संघीय राजधानी काठमाडौं छिर्नेको संख्या घटेको छैन । बरू सिंगो काठमाडौं उपत्यकाको जनसंख्या उकालो लाग्दा काठमाडौं महानगरपालिकाको जनसंख्या भने घटेको छ ।

सम्बन्धित सामग्री

मध्यपहाडी लोकमार्गले निसीमा जनघनत्व बढ्यो, खानेपानीको समस्या

२८ माघ, ढोरपाटन (बागलुङ) । बागलुङको निसीखोला गाउँपालिका–५ निसीमा बस्ती विस्तार हुँदै गएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने निसीगाउँ जनघनत्व बढ्न थालेसँगै खानेपानीको आपूर्तिमा समस्या हुन थालेको छ । अहिलेसम्म यहाँ एक घर एक धारा निर्माण हुनसकेको छैन । निसीमा घरघरमा धारा बने पनि करिब १५ घरपरिवारले एउटै धाराबाट पानी उपभोग गर्नुपर्ने […]

सबैभन्दा बढी जनघनत्व र जनसङ्ख्या काठमाडौँमा

काठमाडौँ– राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार संघीय राजधानी काठमाडौँ सबैभन्दा धेरै जनसङ्ख्या र जनघनत्व भएको जिल्ला हो ।  देशका अरू जिल्लाको तुलनामा काठमाडौँमा सबैभन्दा धेरै २० लाख ४१ हजार पाँच सय ८७ जनसङ्ख्या रहेको छ । सबैभन्दा कम जनसङ्ख्या भएको जिल्ला भने मनाङ हो । मनाङको जनसङ्ख्या पाँच हजार छ […]

तराईमा जनसंख्या बढ्दा हिमाल र पहाड खाली

राष्ट्रिय जनगणना २०७८ को विवरणअनुसार हिमाली तथा पहाडी क्षेत्रमा जनघनत्व क्रमशः कम हुँदै गएको पाइएको छ । तराईमा प्रतिवर्गकिलोमिटर चार सय ६० बराबरको जनघनत्व रहँदा हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्गकिलोमिटर रहेको छ । मनाङमा प्रतिवर्गकिलोमिटर तीनजना बराबरको मात्रै जनघनत्व रहेको छ । काठमाडौँ उपत्यकामा प्रतिवर्गकिलोमिटर पाँच हजार एक सय ६९ बराबरको जनघनत्व छ । प्राप्त …

कोरोनाबाट क्यालिफोर्नियामा एक करोड बीस लाख प्रभावित

अमेरिकाको सबैभन्दा वढी जनघनत्व भएको राज्य क्यालिफोर्नियमा कोभिड–१९ बाट एक करोड २० लाख मानिस प्रभावित भएका एक प्रतिवेदनले देखाएको छ।

सहरी जनघनत्व न्यूनीकरण र सहज आवास

मुलुकको आर्थिक विकास एवं समृद्धिप्रतिको जनचाहनालाई मूर्तरूप दिँदै दुरदराजको क्षेत्रसम्म विकासको प्रतिफल सहज रूपमा उपभोग गर्न पाउने अवस्था तयार पार्नु लोकतान्त्रिक राज्यव्यवस्थाको प्रमुख दायित्व हो । यसका लागि जनसरोकारसंँग प्रत्यक्ष साक्षात्कार रहने विकासप्रेमी अवधारणामा आधारित कार्यदिशामा बहुसंख्यक नागरिक समुदायलाई सामाजिक न्यायको आधारमा समानरूपले सहभागी गराउँदै मुलुकको आर्थिक विकासमा समेट्न सर्वपक्षीय सहयोगको सदैव खाँचो रहन्छ । […] The post सहरी जनघनत्व न्यूनीकरण र सहज आवास appeared first on राजधानी राष्ट्रिय दैनिक.

साढे ५ हजार मात्रै जनसंख्या भएको मनाङमा प्रति वर्गकिलोमिटर जनघनत्व कति ?

केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । प्रारम्भिक नतिजाअनुसार काठमाडौं जिल्लामा सबैभन्दा धेरै ५ हजार १०८ जना प्रति वर्गकिलोमिटर जनघनत्व छ । त्यस्तै सबैभन्दा कम  मनाङमा ३ जना प्रति वर्गकिलोमिटर जनघनत्व रहेको छ ।  काठमाडौंको जनसंख्या २० लाख १७ हजार ५३२ हुँदा मनाङको भने ५ हजार ६४५ रहेको विभागले जनाएको छ । जनघनत्वको आधारमा भक्तपुर, ललितपुर, धनुषा र महोत्तरी क्रमशः धेरै जनघनत्व रहेका दोस्रो, तेस्रो, चौथो र पाँचौं जिल्लाहरू हुन् । मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला ...

सातै प्रदेशमा बढ्यो जनघनत्व, यस्तो छ २०६८ र २०७८ सालको तुलना [सूचीसहित]

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विवरणअनुसार सातै प्रदेशमा जनघनत्व बढेको देखिएको छ । सातै प्रदेशमध्ये मधेश प्रदेशको जनघनत्व सर्वाधिक ६३६ जना प्रति वर्गकिलोमिटर रहेको छ । सबैभन्दा कम जनघनत्व कर्णाली प्रदेशको ६१ जना प्रति वर्गकिलोमिटर रहेको विभागले जनाएको छ । संघीय राजधानी काठमाडौं रहेको बागमती प्रदेशको जनघनत्व ३०० रहेको छ । यसअघि २०६७ सालमा बागमतीको जनघनत्व २७३ रहेको थियो । यस्तो छ प्रदेशअनुसार जनघनत्वको विवरण –

नेपालको प्रतिवर्गकिलोमिटर जनघनत्व बढ्यो

नेपालको प्रतिवर्ग किलोमिटर जनघनत्व बढेको पाइएको छ । वि.स. २०७८ सालको प्रारम्भिक जनगणनाको तथ्यांकले प्रतिवर्ग किलोमिटर जनघनत्व बढेको पाइएको हो । तथ्यांक विभागले यो वर्षको जनगणनाबाट नेपालको प्रतिवर्ग किलोमिटर जननघनत्व १९८ जना रहेको पाइएको जनाएको छ । यसअघि, वि.स. २०६८ सालको जनगणनाले नेपालको प्रतिवर्ग किलोमिटर जनघनत्व १८० जना थियो ।यो एक दशकको अवधिमा नेपालको प्रतिवर्ग किलोमिटर जनघनत्व १८ जनाले बढेको छ । सबैभन्दा बढी जनघनत्व तराईमा र पहाडमा र हिमालमा सबैभन्दा कम रहेको पाइएको विभागले जानकारी दिएको छ ।

सिकिस्त संक्रमितको संख्या दिनहुँ बढ्दै, मृत्युदर बढ्न सक्ने

कोरोना भाइरसको पहिलो चपेटाबाट बाहिर निस्कनै लाग्दा दोस्रो छालको सँघारमा आइपुगेका छौं। जनघनत्व बढी भएका स्थानमा दोस्रो छाल टार्नै नसक्ने गरी फैलिनसक्ने खतराको घण्टी बजिसकेको छ।