गायिका लक्ष्मी आचार्यले अष्ट्रेलियामा दर्शक नचाएकी छन् । सुदूरपश्चिम समाज अष्ट्रेलियाले आयोजना गरेको ‘गौरा पर्व’ मा उनले आफ्ना लोकप्रिय गीतसंगीत मार्फत त्यहाँका दर्शक नचाउन सफल भएकी हुन् । कार्यक्रममा उनले आफ्ना ‘भेना साली’, कोडा लगायत करिब आधा दर्जन गीत प्रस्तुत गरेकी थिइन् । नेपालको सुदूरपश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवम् सांस्कृतिक पर्व गौरा पर्वको अवसरमा सिड्नीको अलवा पार्कमा ‘गौरा पर्व’ कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा चर्चित देउडा गायक