नेपालको नयाँ राजनीतिक घटनाक्रम विकास भएसँगै नेपालका दुई छिमेकी मुलुक चीन र भारतका राजदूतहरु पनि सक्रिय भएका छन् । सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै चीनकी राजदूत होउ यान्छी र भारतका राजदूत विनय मोहन क्वात्रा सक्रिय भएका हुन् ।