मध्य भोटेकोसीको आइपिओ निष्काशन स्थगित

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपिओ  निष्काशन स्थगित भएको छ । कम्पनीले आयोजना प्रभावितका लागि निष्कासन खुला गरेको आइपिओ तत्काललाई बन्द हुने जनाएको  छ ।बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार दोस्रो लहरको कोरोना भाइरस संक्रमणका कारण सिन्धुपाल्चोक जिल्लामा (वैशाख २३ गते) देखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको समयमा स्थानीयवासीलाई आइपिओ भर्नका लागि हिँडडुलमा समस्या हुने भएकाले तत्काललाई स्थगित गर्न लागिएको हो ।