संसद् जब ‘रेस्लिङ’ खेल्ने ठाउँमा बदलिन्छ !

 संसदलाई लोकतन्त्रको दर्पण मान्ने गरिए पनि बेलाबखत सांसदहरुले नै यसलाई कुरुक्षेत्रमा बदल्ने गरेका छन् । विश्वका विभिन्न देशमा झैं नेपालको संसद पनि लडाईं–झगडाबाट मुक्त छैन । विहीबार संसदमा देखिएको तनावले नेपालको लोकतान्त्रिक अभ्यासमा हाम्रो स्तर कहाँनेर छ भन्ने प्रश्न फेरि एकचोटि उब्जाएको छ ।सत्तापक्ष र प्रतिपक्ष दुबैतर्फबाट जोरजबर्जस्ती गर्ने सिलसिला भदौ २१ गते शुरु भएर बिहीबार पनि जारी रह्यो । प्रतिपक्षी दल एमालेका केही सांसदले पहिलो दिन रोष्टममा चढ्नका लागि मर्यादापालकलाई ठेलठाल गरे