अफगानिस्तानकी शीर्ष महिला प्रहरी अधिकृतलाई तालिबान लडाकूहरूले नराम्ररी कुटपिट गरेपछि अनि अमेरिकाले उनलाई उद्धार गर्न नमानेपछि पलायन भएकी छन् ।
अहिले उनी काबुलमै लुकिरहेको बताइएको छ ।
गुलाफरोज एब्तेकार नामक ती प्रहरी अधिकृत अफगानिस्तानको फौजदारी अनुसन्धान शाखाकी उपप्रमुख थिइन् ।
गृह मन्त्रालयअन्तर्गतको विभागकी शीर्ष अधिकृत भएको नाताले उनी अफगान महिलाहरूका लागि रोलमोडल थिइन् । मिडियामा उनको अनुहार परिचित थियो ।
काबुल विमानस्थलको गेटमा पाँच रात बिताएपछि उनी शहरमा लुक्दै हिँडेकी छन्...