बंगलादेशले लगायो नेपालीको प्रवेशमा अस्थायी प्रतिबन्ध

काठमाडौं। बंगलादेशले नेपालबाट हुने हवाई उडान र आउने यात्रुमाथि अस्थायी प्रतिबन्ध लगाएको छ। बंगलादेशमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेपछि नेपाललगायत भारत, बोत्स्वाना, मंगोलिया, नामिबिया, पानामा, दक्षिण अफ्रिका र ट्युनीसियाबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो। आफ्नो देशमा कोरोनाको नयाँ भेरिएन्ट्स नभित्रियोस् भनेर अस्थायी प्रतिबन्ध लगाइएको बंगलादेश सिभिल एभिएसनले जनाएको छ। बंगलादेशले जुलाई १४ सम्म लकडाउन घोषणा गरेको छ।