नयाँ होन्डा एलिभेट सार्वजनिक

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले नयाँ होण्डा एलिभेट सार्वजनिक गरेको छ । कम्पनीले पहिलो १० ग्राहकका लागि नगद छूट र थप रू. ७५ हजार छूट साथै निःशुल्क सेवासहितको अफर रहेको जानकारी दिएको छ ।  एलिभेटमा मनमोहक डिजाइन र उन्नत प्रविधिको मिश्रण रहेको बताइएको छ । आकर्षक लुक्सदेखिे नवीन सुविधासम्मले ग्राहक माझ फरक छबि स्थापित गर्ने कम्पनीको दाबी छ । एलिभेटमा विशिष्ट फ्रन्ट ग्रिल र अत्यधिक देखिने एलईडी प्रोजेक्टर हेडल्याम्पद्वारा हाइलाइट गरिएको डिजाइन रहेको बताइएको छ ।  १.५ लिटर पेट्रोल इन्जिनमा उपलब्ध एलिभेटकोे मूल्य ५६ लाख ३५ हजार रुपैयाँदेखि शुरू रहेको बताइएको छ । यसको फरक फरक भेरियन्टमा ८० लाख रुपैयाँसम्म मूल्य कायम गरिएको बताइएको छ ।

सम्बन्धित सामग्री

होन्डाको ‘एसपी१२५’ मोटरसाइकल सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । नेपालका लागि होन्डा ब्रान्डको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले ‘एसपी१२५’ मोटरसाइकल सार्वजनिक गरेको छ । एसपी १२५ बीएसभीआई, १२५ सीसी हर्स पावर रहेको यस मोटरसाइकल बीएसभीआई प्रविधियुक्त रहेको हुँदा ग्राहकको दैनिकीलाई अझ बढी सहज, विश्वसनीय र भरोसायुक्त बनाउने विश्वास कम्पनीको छ । मोटरसाइकलमा रहेको विषेश किसिमको चक्का तथा आर्कषक डिजिटल मिटरले चालकलाई […]

होन्डा नेपालले ल्यायो नयाँ होन्डा एलिभेट

काठमाडौं : होन्डा नेपालले हालै अत्याधुनिक ५ सिटर एसयुभी होन्डा एलिभेट सार्वजनिक गरेको छ।  आधुनिक स्टाइल र  उत्कृष्ट पर्फमेन्स भएको यस एसयुभीले ग्राहकहरुलाई उच्चस्तरीय ड्राईभिङ्ग अनुभव दिने होन्डाले जनाएको छ।   होन्डा एलिभेटको आकर्षक बाहिरी डिजाइनले सडकमा ध्यान आकर्षित गर्नेछ भने गाडीको स्पेसियस इन्टेरीयरले  यात्रुहरुलाई आरामदायी यात्राको अनुभव प्रदान गर्नेछ।त्यस्तै,  हरेक यात्राको आनन्द लिन पर्याप्त कोठा प्रदान गर्दछ। यसका अतिरिक्त यस गाडीमा जडान गरिएको  अ

होन्डाको १२५ सिसीको डिओ सार्वजनिक

काठमाडौं, २९ असार । होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डिया (एचएमएसआई)ले भारतीय बजारमा १२५ सिसीको नयाँ स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले दुईवटा भेरियन्टमा १२५ सिसीको डिओ स्कुटर सार्वजनिक गरेको हो। होन्डाको डिओ भारतसँगै नेपाली बजारमा पनि लोकप्रिय स्कुटरमध्ये पर्छ। भारतीय बजारको लागि होन्डाले यसपटक स्टान्डर्ड र स्मार्ट गरी दुई भेरियन्टमा स्कुटर सार्वजनिक गरेको हो। स्टान्डर्डको मूल्य […]

होन्डाको ‘दशैं शुभ लाभ’ योजना सार्वजनिक

काठमाडौं । नेपालका लागि होन्डा टू व्हीलर्स्को आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले चाडपर्व लक्षित ‘होन्डाको दशैंको शुभ लाभ’ नामक उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीको उपहार योजना अन्तर्गत ग्राहकहरूले स्क्र्याच कुपन मार्फत ७ लाख रुपैयाँसम्मको क्यासब्याक पाउने कम्पनीले जनाएको छ । यस्तै अन्य उपहारहरु र ७ प्रदेशबाट एक एक जना गरी ७ जनाले ७ […]

होन्डा एमेज २०२१ सार्वजनिक

काठमाडौं (अस) । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले स्टाइल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी होन्डाको एमएमसी एमेज २०२१ नेपाली बजारमा सार्वजनिक गरेको छ । नयाँ एमेज २०२१ मा रहेको एड्भान्स एलईडी प्रोजेक्टर हेडल्याम्प र त्यसैमा एकीकृत रहेको एलईडी डीआरएल्जका साथै नयाँ एड्भान्स फ्रन्ट फगल्याम्पले सबैको ध्यानाकर्षण गर्ने कम्पनीले बताएको छ । कारको प्रमुख विशेषता डायमन्ड कट् टू टोन मल्टी स्पोकआर–१५ एलोए ह्वीलस् हो । त्यसैगरी एमेज २०२१ मा गाइडलाइनसहितको रियर मल्टिभ्यू क्यामेरा छ भने यसले सुरक्षाका लागि एनक्यापबाट ४ स्टार सेफ्टी  रेटिङसमेत प्राप्त गरेको छ । कारमा पहिलो पटक आफ्नो श्रेणीमा पेट्रोल र डिजल दुवै भेरियन्टमा ७ स्पिड सीभीटी गियरबक्स् रहेको छ । कारमा रहेको स्ल्कि सोलिड विङ फेस फ्रन्ट ग्रिलले यसको डिजाइनलाई अझ आकर्षित गरेको छ ।

सकियो होन्डा हाइनेस ३५० र सिबी ३५० आरएसको स्टक, अब सेप्टेम्बरमा आउने

नेपाली बजारमा होन्डाको हाइनेस सिबी ३५० र सिबी ३५० आरएसको स्टक सकेको छ। सार्वजनिक भएको छोटो समयमै यी बाइकहरू लोकप्रिय बनेको नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले बतायो।

७ लाख ७५ हजार मूल्य पर्ने ‘होन्डा सीबी ३५० आरएस’ सार्वजनिक

काठमाडौं । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘होन्डा सीबी ३५० आरएस’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।नेपालमा होन्डा सीबी मोडलका बाइकहरुको माग रहेको र सीबी ३५० आरएस नेपाली बाइकरहरुको रोजाइमा पर्ने कम्पनीको विश्वास छ ।आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सीसीको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक डूअल टोन फ्यूल ट्ंयाकमा ब्ल्याक वीथ पर्ल स्पोर्टस् एलो र पिन स्ट्रिपिङ्ग फ्यूल

होन्डा सिबी ३५० आरएस नेपालमा मूल्य ७ लाख ७५ हजार

नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डाको सिबी ३५० आरएस नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालमा होन्डा सिबी मोडलका बाइकहरूले एक विशेष पहिचान बनाएको कम्पनीको...

होन्डा नेपालले भन्यो– हामीले कुनै पनि क्याम्पियन गरेका छैनौं

काठमाडौं। होन्डा नेपालले होन्डाको ७०औं वार्षिकोत्सवको अवसरमा आएको म्यासेज क्याम्प भएको बताएको छ। होन्डाले भनेको छ, “होन्डाको ७०औं वार्षिकोत्सवको नाममा आएको म्यासेज गलत छ। यसमा कोही पनि सहभागी नबन्नुहोला।” यस्तै, होन्डा नेपालले ७०औं वार्षिकोत्सवको उपलक्ष्यमा कुनै पनि क्याम्पियन नगरेको बताइएको छ। होन्डा नेपालले सार्वजनिक गरेको सूचना फेसबुकमा सेयर गर्दै सौरभ ज्योतिले यसमा सहभागी नहुन आग्रह गरेका छन्।

स्याकार ट्रेडिङ कम्पनीद्वारा होन्डा ग्राजियाको बीएसभीआई मोडल सार्वजनिक

काठमाडौँ– नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी लिमिटेडले आइतबार नेपाली बजारमा होन्डा ग्राजियाको बीएसभीआई मोडल सार्वजनिक गरेको छ। आकर्षक र स्टाइलिस लुक रहेको यस १२५ सिसि नयाँ बीएसभीआइ मोडलमा व्यावहारिक फिचर थप गरी पूर्ण रूपमा रि–डिफाइन गरिएको छ। नेपाली बजारमा ग्राजिया बीएसभीआइ डिआरएस मोडलको मूल्य दुई लाख ६९ हजार नौ […]