दोस्रो सेमिफाइनलमा पाकिस्तान र अष्ट्रेलिया भिड्दै

काठमाडौं, २५ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज (बिहीबार) पाकिस्तान र अष्ट्रेलिया भिड्दै छन् । दुवई अन्तराष्ट्रिय स्टेडिममा हुने खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ । विश्वकप क्रिकेटमा सुमुह २ मा रहेको पाकिस्तान अपराजित रहदै सेमिफाइनलका पुगेको हो । यस्तै, समुह १ मा रहेको अष्ट्रेलिया ५ खेलमा ४ जित […]

सम्बन्धित सामग्री

टि २० क्रिकेट विश्वकप: फाइनल प्रवेशका लागि आज भारत र इङल्याण्ड भिड्दै

अष्ट्रेलियामा जारी टि २० क्रिकेट विश्वकपमा आज दोस्रो सेमिफाइनल खेल हुदै छ । दोस्रो सेमिफाइनल खेलमा आज नेपाली समय अनुसार १:४५ बजे भारत र इंग्ल्यान्ड भिड्दै छन् । यो खेल मेलबर्नमा हुने छ ।भारत समुह २ को समुह बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने इंग्ल्यान्ड समुह १ को उप बिजेता बन्दै सेमिफाइनल पुगेको हो । यस खेलको बिजेताले आइतबार उपाधिको लागि पाकिस्तानसाग प्रतिस्पर्धा गर्ने छ ।हिजो भएको पहिलो सेमिफाइनल खेलमा न्युजील्याण्डलाई पराजित गर्दै पाकिस्तान फाइनलमा प्रवेश गरिसकेको छ ।  पाकिस्तानले न्युजील्याण्डलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । खेलमा टस जितेर पहिले ब्याटिंग गरेको न्युजील्याण्डले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५२ रन बनाएको थियो । १५३ रनको लक्ष्य लिएर मैदान उत्रेको पाकिस्तानले १९.२ ओभरमा ३ विकेटको क्षतिमा ५ बल बाँकि रहदै उक्त लक्ष्य भेट्टाएको हो ।  पाकिस्तानको जितमा कप्तान बाबर आजमले ५३ रन, मोहम्मद रिजवानले ५७ रन तथा मोहम्मद ह्यारिसले ३० रन बनाए ।  न्युजील्याण्ड समुह १ को बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो भने पाकिस्तान समुह २ को उप् बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो  । समुह चरणमा न्युजील्याण्ड ३ खेल जितेको थियो भने १ खेल हारेको थियो  । १ खेल वर्षाका कारण नतिजा आउँन सकेको थिएँन  । त्यस्तै पाकिस्तानले समुह चरणमा ३ खेल जितेको थियो भने २ खेल हारेको थियो  । सुरुका २ खेलमा हार बेहोरेपछि पाकिस्तानको सेमिफाइनल यात्रा कठिन बनेको थियो । तर नेदरल्याण्डले साउथ अफ्रीकालाई हराएपछि र पाकिस्तानले आफ्नो अन्तिम खेलमा बंगलादेशलाई पराजित गरेपछि पाकिस्तान सेमिफाइनलमा पुग्न सफल भएको थियो।  साउथ अफ्रीकाले हार बेहोरेकै कारणले पाकिस्तानको सेमिफाइनलमा स्थान सम्भव भएको थियो । अब भने पाकिस्तानले फाइनल मै स्थान पक्का गरेको छ । फाइनल खेल आगामी आइतबार मेलबर्न क्रिकेट ग्राउण्डमा हुने छ ।  फाइनल खेल पनि दिउँसो १:४५ बजे नै हुने छ । फाइनल खेल भारत र पाकिस्तानबीच होस् भन्ने चाहना सामाजिक संजालमा  देखिन थालेको छ ।  भारतले इंग्ल्यान्डलाई पराजित गरेमा भारत र पाकिस्तानबीचको फाइनल खेल सम्भव हुने छ ।  डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया भने यस पटक सेमिफाइनलमा पुग्न असफल भएको छ । समूह १ मा रहेको अष्ट्रेलिया समान अंक भएसँगै इंग्ल्यान्डसँग नेट रन रेटमा पछि पर्दै सेमिफाइनलमा पुग्नबाट बन्चित भएको हो ।

विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दै

अष्ट्रेलियामा जारी टि २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भारत र पाकिस्तान भिड्दै छन् । आजको खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुने छ । सुपर १२ को चरण अन्तर्गत समुह २ मा रहेका यी दुई टोली आमने सामने हुन लागेका हुन् । भारत रोहित शर्माको कप्तानीमा मैदान उत्रने छ भने पाकिस्तान बाबर आजमको कप्तानीमा अमिदन उत्रने छ ।  एक महिना अगाडी मात्र यी २ टिम एसिया कपमा २ पटक प्रतिस्पर्धा गरेका थिए । जसमा एउटा खेल भारतले २ बल बाँकि रहेंदा जितेको थियो भने अर्को खेल पाकिस्तानले १ बल बाँकि रहंदा जितेको थियो । भारत र पाकिस्तान रहेको समुहमा बंगलादेश,  साउथ अफ्रीका, नेदरल्याण्ड र जिम्बाबे पनि छन् । नेदरल्याण्ड र जिम्बाबे पहिलो राउण्डमा शिर्ष २ स्थानमा रहँदै सुपर १२ चरणमा प्रवेश गरेका हुन्  । यस समुहको शिर्ष २ स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने छ ।त्यस्तै अर्को समुहमा अफगानिस्तान, अष्ट्रेलिया, इंग्ल्यान्ड, न्युजील्याण्ड, आयरल्याण्ड र श्रीलंका रहेक  छन् । आयरल्याण्ड र श्रीलंका  पहिलो राउण्डमा शिर्ष २ स्थानमा रहँदै सुपर १२ चरणमा प्रवेश गरेका हुन्  । यस समुहको शिर्ष २ स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने छ ।पहिलो राउण्ड नै पार गर्न नसकेपछि यस पटकको सुपर १२ चरणमा वेस्ट इन्डिज समावेश छैन । वेस्ट इन्डिज २ पटक टि २० विश्वकपको उपाधि जितेर सर्वाधिक सफल टोलीको रुपमा रहेको छ ।

फाइनल प्रवेशको लागि आज पाकिस्तान र अष्ट्रेलिया भिड्दै

काठमाडौं, कार्तिक २५ । आईसीसी टि-२० विश्वकप क्रिकेट अन्तर्गत आज हुने दोस्रो सेमिफाइनल खेलमा पाकिस्तान र अष्ट्रेलिया भिड्दै छन् । दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुकी ७:४५ बजे शुरु हुनेछ । आजको खेलको विजेताले आइतबार हुने फाइनल खेलमा न्युजिल्यान्डको सामना गर्नेछ । हिजो भएको पहिलो सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई ५ विकेटले हराउँदै […]