विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले प्रतिनिधि सभा विघटन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ३ महिनासम्म सरकार बनाउन नसक्नुको परिणाम भएको बताएका छन् ।
शनिवार दिउँसो ट्वीट गर्दै मिश्रले अहिलेको स्थितिका लागि उनीहरू पनि जिम्मेवार हुनुपर्ने बताएका छन् ।
उनले भनेका छन्,'हामी प्रम/राप विरूद्ध खनिएका छौँ । नबिर्सौँ, कांग्रेस/माओवादीले सुशीला कार्कीजस्ती न्यायकी प्रतिमुर्तीविरुद्ध समेत महाअभियोग दर्ता गरेका थिए । र उनीहरूले अनगिन्ती गैर-कानूनी काम गरेका छन्।अहिले नि झण्डै ३ महिनासम्म यिनले सरकारै बनाउ...