काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बाँस्तोलाले जटिल अवस्था आइसकेको बताएका छन्। टेकू अस्पतालको आइसीयूबाट डा. बाँस्तोलाले दोस्रो लहरको कोरोना बढी घातक देखिएको र पहिलाका औषधीले समेत काम नगर्ने अवस्थामा पुगेको बताए। टेकू अस्पताल भरिएको, वार्डबाट आईसीयूमा बिरामी सार्ने स्थिति नभएको, रिफर गर्ने अन्य अस्पताल खोज्दा बेड नै नभेटिने समस्या आएको उनको भनाइ छ।