काठमाण्डाै - सरकारले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि थप १५ हजार जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेकाे छ ।
आउँदो चुनावमा मतदानस्थल र मतदाता सङ्ख्या बढ्ने भएकाले पालिकाको चुनावमा भन्दा धेरै म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । गएको वैशाख ३० गते भएको पालिकाको चुनावमा एक लाख जना म्यादी प्रहरी भर्ना भएका थिए ।
नेपाल प्रहरीले प्रदेश र प्रतिनिधि सभाको चुनावमा १ लाख २० हजार जना म्यादी प्रहरी भर्नाको प्रस्ताव गरेको भए पनि अर्थ मन्त्रालयले पाँच हजार ...