गणेश थापाका छोरा पनि केन्द्रीय सदस्यमा निर्वाचित

गणेश थापाका छोरा अर्थात् कमल थापाका भतिज अभिषेक थापा राप्रपाको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । राप्रपा एकता महाधिवेशनबाट उनीहरु केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।कमल थापा अध्यक्षमा पराजित भएपनि उनका भतिजा अभिषेक केन्द्रीय सदस्य बनेका छन् । अभिषेकले १३२७ मत ल्याएर केन्द्रीय सदस्य जितेका छन् । यसैबीच अर्घाखाँचीका गणेश थापा केन्द्रीय सदस्यमा निर्वाचित भएपछि धेरैले उनलाई अभिषेकका  पिता ठानेर झुक्किएका छन् ।'मलाई धेरैले फोन गरेर भोट दिने बताए, जवाफ दिँदैमा हैरान भएँ । अर्घाखाँच

सम्बन्धित सामग्री

खुमबहादुर खड्का छोरा अनुराग दाङ–१ (ख) बाट निर्वाचित

नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काका छोरा अनुराग खड्का दाङ क्षेत्र नम्बर १ प्रदेशसभा २ बाट निर्वाचित भएका छन् । एमालेका उम्मेदवार कुलबहादुर केसीलाई ३ हजार ५२ मत अन्तरले हराउँदै खड्का निर्वाचित भएका हुन् । खड्काले १६ हजार २२२ मत ल्याएर विजयी भएका छन् भने एमालेका केसीले १३ हजार १७० मत ल्याएर पराजित भएका छन् । यस्तै प्रदेश सभा १ बाट माओवादीका इन्द्रजीत थारु र एमालेका गंगाराम भट्टराई प्रतिस्पर्धामा छन् । यस प्रदेशमा थारूले अग्रता लिएकाले उनी जितउन्मुख अवस्थामा छन् ।

सप्तरीमा रेणु यादवका छोरा उम्मेदवार सिफारिसमै परेनन्

१५ भदौ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेता रेणु यादवका छोरा तथा प्रदेश सांसद अभिषेक यादव यस पटक उम्मेदवार सिफारिसमै छुटेका छन् । उनले विगतमा आफू निर्वाचित भएकै सप्तरी ४ को ‘ख’ बाट उम्मेदवार दोहोरिन चाहेका थिए । तर १२ भदौमा बसेको क्षेत्रीय समितिको बैठकले प्रदेशसभा सदस्य उम्मेदवारमा अनिरुद्रकुमार सिंह यादवको नाम एकल रुपमा […]

फिलिपिन्समा पूर्व तानाशाह मार्कोसका छोरा राष्ट्रपति बन्दै

एजेन्सी, २७ वैशाख । फिलिपिन्सका पूर्व तानाशाह फर्नान्डो मार्कोसका छोरा फर्डिनान्ड बोङबोङ मार्कोस जुनियर राष्ट्रपति बन्ने निश्चित भएको छ । चुनावी परिणाम आइरहँदा मार्कोसले बहुमत पाइसकेकाले निर्वाचित हुने निश्चित भएको हो । ३६ वर्षपछि मार्कोस परिवार सत्तामा आउन लागेको । यो मार्कोसको शासनमा भएको दमन र भ्रष्टाचारको विरोध गरिरहेकाहरुका लागि ठूलो धक्का बनेको छ । […]

पाकिस्तानमा पञ्जाबको मुख्यमन्त्रीमा प्रधानमन्त्री शहबाजका छोरा हम्जा निर्वाचित

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफका छोरा हम्जा सरिफ पञ्जाबको नयाँ मुख्यमन्त्री निर्वाचित भएका छन् ।  पञ्जाब बिधान सभामा पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता हम्जाले आफ्नो पक्षमा १९७ मत ल्याएर शनिबार मुख्यमन्त्रीमा निर्वाचित भएका हुन् । पाकिस्तान तेहरिक–इ–इन्साफ ९पीटीआई० पार्टीले चुनाव बहिष्कार गरेकाले हम्जाका प्रतिद्वन्द्वी परवेज इलाहीले कुनै मत प्राप्त गर्न सकेनन् । त्यसअघि संसदमा पीटीआईका सदस्यहरूले होहल्ला गरेका थिए । विधानसभामा पीटीआईका सदस्यहरूले उपसभामुख दोस्त मोहम

गच्छदारका छोरा सुवास काँग्रेस पार्टीको निर्विरोध महाधिवेशन प्रतिनिधि चयन

नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारीहरुले आआफ्ना छोराछोरीलाई धमाधम पार्टीको महाधिवेशन प्रतिनिधि चयन गरिरहेका छन् । पछिल्लो पटक उपसभापति विजयकुमार गच्छदारले पनि पुत्र मोह देखाएका छन् । उनका कान्छा छोरा सुवास गच्छदार नेपाली कांग्रेस पार्टीको महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नं ६ बाट मधेशी कोटाबाट सुवास निर्विरोध चयन भएका छन् । डा शेखर कोइरालालाई नेता गच्छदारले छोरालाई निर्विरोध निर्वाचित गराई दिन आग्रह गरेका थिए । त्यसपछि कोइरालाको पहलम

विजय गच्छदारका छोरा शुभाष कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट कांग्रेस उपसभापति विजयकुमार गच्छदारका छोरा शुभाष गच्छदार महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन् । उनी थारु कोटाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । मधेशी महिला कोटामा पुनम सिंह महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भइसकेकी निर्वाचन समितिले जनाएको छ ।  निर्वाचन क्षेत्र नम्बर ५ मा क्षेत्रीय निर्वाचनमा सभापति लगायतका पदाधिकारी र महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।  क्षेत्रीय सभापतिमा जीवछप्रसाद गच्छद...

प्रकाशमानका छोरा प्रभासमान महाधिवेशन प्रतिनिधि चयन

काठमाडौं, ६ मंसिर । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहका जेठा छोरा प्रभासमान सिंह राजनीतिमा अगाडि बढेका छन् । उनी काँग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन् । काठमाडौं क्षेत्र नं ७ बाट प्रभासमान निर्विरोध निर्वाचित भएका हुन् । सोही क्षेत्रबाट प्रकाशमानकी पत्नी सृजना सिंह पनि निर्विरोध निर्वाचित भएकी छिन् । प्रकाशमान सिंहको निवास चाक्सीबारी […]