सरकारले सार्वजनिक जग्गामा बसोबास गर्दै आएका सुकुम्बासीलाई हटाउन शुरू गरेको छ । राजधानीको थापाथलीस्थित सुकुम्बासी बस्तीका घरटहरा भत्काएर यो कामको थालनी गरिएको हो । अनधिकृत रूपले कब्जा गरिएको सार्वजनिक जमीन कब्जामुक्त गराउन सरकारले यो काम गर्नैपथ्र्यो, गर्यो । तर, सुकुम्बासी समस्याको समाधान सुकुम्बासी बस्तीमा डोजर लगाएर मात्रै हुन सक्दैन । शहर विकास र विस्तारको क्रमसँगै सुकुम्बासीका नामबाट सार्वजनिक जमीन अतिक्रमण र कब्जा गर्ने अपराध बढ्दै जानु स्वाभाविक हो । यस्तो अन्य देशमा पनि हुन्छ र त्यसलाई नियन्त्रण गर्न सबै देशले आआफ्नै तरीका अपनाएका हुन्छन् ।
जग्गा दलाल, भूमाफिया, बिल्डर, उच्चपदस्थ कर्मचारी र राजनीतिक नेताहरूको स्वार्थका कारण पनि यो क्रम रोकिनेवाला छैन । गाउँबाट शहरमा आन्तरिक आप्रवासीका रूपमा आउने मानिसका कारण पनि ‘शहरी सुकुम्बासी’ समस्या बढ्दै जाने हो । गाउँबाट शहरमा आउनेहरूसँग धेरैजसो शहरी रोजगारी पाउने शीप हुँदैन । र, तिनले सार्वजनिक वा खाली रहेका निजी जग्गासमेतमा टहरा बनाएर बस्न सक्छन् ।
(सम्पादकीयबाट)
वर्ष ६, अंक २३८, आइतवार, ३१ वैशाख, २०६९