मछिन्द्रको जितमा बिमलको दोहोरो गोल, शीर्षस्थानमा ४ अंकको अग्रता

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा लिग लिडर मछिन्द्र क्लबले ब्रिगेड ब्वाइज क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले ४-० गोलअन्तरले जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा विमल घर्ती मगरले दोहोरो गोल गर्दा मछिन्द्र क्लबले सहज जित निकालेको हो।…