माथिल्लो तामाकोशीको शेयरमा सकारात्मक सर्किट

आइतबारको कारोवारपछि नेप्से ३.६६ विन्दुले सुधार भई दुई हजार ६४०.३४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.२० विन्दुले घटेर ४७९.५८ मा ओर्लेको छ ।

सम्बन्धित सामग्री

अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट

असार १३, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार कारोबार खुलेको पाँच मिनेटमा अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।   कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९३ प्रतिशतले वृद्धि भएको हो ।  उक्त अवधिसम्ममा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ८१९ पुगेको छ ।   कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता धेरै भएकाले शेयरमूल्य बढेको हो । कम्पनीको शेयरमा सबैभन्दा बढी खरीद माग रहेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमा ३ लाख ८५ हजार ८९९ कित्ता शेयर खरीद माग रहेको छ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट बिजुली उत्पादनको परीक्षण यसै साताबाट शुरु गर्ने तयारी थालिएपछि शेयरमूल्यमा पनि लगानीकर्ताको आकर्षण बढेको हो  ।

माथिल्लो तामाकोशीको शेयरमा सकारात्मक सर्किट

जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ । पछिल्ला दिनमा लगातार नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक नेप्से पनि नयाँ उचाइमा पुगेको छ । साताको पहिलो दिन आजको कारोवारमा अत्यधिक लगानीकर्ता जलविद्युत् कम्पनीको शेयर खरीद बिक्रीमा लालायित देखिएका छन् । सोही कारण माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको शेयर प्रतिकित्ता रु ४९ को वृद्धि भई रु ५३९ मा पुगेको छ । राष्ट्रिय गौरवको सो आयोजना निर्माणको अन्तिम चरणमा रहेको ...

माथिल्लो तामाकोशीको शेयरमा सकारात्मक सर्किट

जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ । पछिल्ला दिनमा लगातार नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक नेप्से पनि नयाँ उचाइमा पुगेको छ । साताको पहिलो दिन आजको कारोवारमा अत्यधिक लगानीकर्ता जलविद्युत् कम्पनीको शेयर खरीद बिक्रीमा लालायित देखिएका छन् । सोही कारण माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको शेयर प्रतिकित्ता रु ४९ को वृद्धि भई रु ५३९ मा पुगेको छ । राष्ट्रिय गौरवको सो आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाबाट आगामी चैतको अन्तिम सातादेखि परीक्षण उत्पादन गर्ने गरी तयारी गरिएको छ । आजको कारोवारपछि नेप्से ३.६६ विन्दुले सुधार भई दुई हजार ६४०.३४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.२० विन्दुले घटेर ४७९.५८ मा ओर्लेको छ ।