काठमाडौं : हुम्लाको चंखेली गाउँपालिका–४ पिप्लामा तीनवटा घरमा आगलागी भएको छ।जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रहरी प्रमुख दिपक मल्लका अनुसार गएराति १ बजे स्थानीय कर्णबहादुर शाहीको घरबाट विद्युत सट भएर आगलागी सुरु भएको हाे। कर्णबहादुरको घरबाट छिमेकी यमबहादुर शाही र शेरबहादुर पालको घरमा आगो सल्किएको प्रहरीले जनाएको छ।कर्णबहादुरको घरमा रहेका अन्नपात,लत्ताकपडा,सुनलगायतसामान जल्दा एक करोड भन्दा बढीको क्षति भएको निमित्त प्रहरी प्रमुख मल्लले बताए। उनका अनुसार यमबहादुरको घर पनि पूर्णरू