काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले हालसम्म कोभिड–१९ विरुद्धको एक करोड डोज खोप नेपाल भित्रिएको बताएका छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले असार मसान्त यता कोभिडविरुद्धको खोप लगाउने नागरिकको संख्या ह्वात्तै बढेको बताए। गत असार मसान्तसम्म जम्मा २६ लाखले खोपको पहिलो मात्रा लगाएका थिए भने हाल साउन २५ गतेसम्ममा उक्त संख्याले पूर्ण खोप लगाएको मन्त्री शर्माले बताए।