जिप्रका आउन नसक्ने ४६ वर्षीया गुरुङलाई घरमै नागरिकता प्रदान

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङको काउलेमा बस्दै आएकी छलीमाया गुरुङ उमेरले ४६ वर्ष पुगिन्। सामान्यभन्दा कम उचाइ भएकी उनी शारीरिक रूपमा अपाङ्गता भएकी हुनुका साथै मानसिक रूपमा उनी केही सुस्त छिन्। आफू बसिरहेको ठाउँ आसपासमा थोरै हिँडडुल गर्नुबाहेक टाढाको यात्रा गर्न उनी असमर्थ छिन्।उनै छलीमायाले ४६ वर्षको उमेरमा मात्रै बल्ल नेपाली नागरिक भएको प्रमाण पत्र पाएकी छिन्। शारीरिक समस्याका कारण नजिकै रहेको सदरमुकाम कुश्मा बजारस्थित जिल्ला प्रशासन कार्यालयमा आएर नागरिकताको प्रमाण