पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा सबैभन्दा बढी मोरङमा २९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा झापामा १५६, सुनसरीमा १२०, धनकुटामा ११, उदयपुर र इलाममा छ÷छ, तेह्रथुममा तीन, पाँचथरमा दुई, सङ्खुवासभामा एक र प्रदेश बाहिरका ३५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पहाडी, मध्यपहाडी तथा हिमालका भन्दा तराईका जिल्लामा अत्यधिक कोरोना सङ्क्रमण देखिएको हो । एक हजार १४३ जनाको पीसीआर परीक्षण गर्दा ६३९ र एक हजार ५६२ जनाको एन्टिजेन पर