पाल्पामा अक्सिजन प्लान्टका लागि बजेट स्वीकृत

राँझा, ५ जेठ: पाल्पामा अक्सिजन प्लान्ट निर्माणका लागि बजेट स्वीकृत भएको छ । पूर्व भूमिसुधारमन्त्री दलबहादुर रानाको पहलमा गृह जिल्ला पाल्पामा अक्सिजन प्लान्ट निर्माण गर्न तत्कालका निम्ति रु एक करोड ५० लाख स्वीकृत भएको हो । जिल्ला समन्वय समिति र कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले जिल्लामा कोरोना सङ्क्रमण दर बढ्दो क्रममा रहेकाले जिल्ला अस्पतालमा प्लान्ट […]

सम्बन्धित सामग्री

अक्सिजन प्लान्ट जडान अन्तिम चरणमा

पाल्पा । पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट जडान अन्तिम चरणमा पुगेको छ । अक्सिजन प्लान्ट राख्न आवश्यक उपकरणसहित प्रक्रिया अगाडि बढाइएको छ । अर्थ मन्त्रालयमार्फत गत जेठ ४ गते अक्सिजन प्लान्ट सञ्चालनका निम्ति १ करोड ५० लाख बजेट स्वीकृत भएको थियो । स्वीकृत बजेट अझैसम्म प्राप्त नहुँदै प्लान्टको काम भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताए ।   तानसेनस्थित पाल्पा अस्पतालमा अक्सिजन प्लान्टका लागि १ करोड ५० लाख तथा सघन उपचार केन्द्र कक्ष र भेन्टिलेटरका लागि ३ करोड बजेट अर्थ मन्त्रालयबाट सुनिश्चित भएपछि ठेक्का लागेको थियो । अक्सिजन प्लान्ट राख्ने ठाउँ नहुँदा समय लागेको हो । अहिले अक्सिजन प्लान्ट राख्ने भवन निर्माण पूरा भएको छ । भवन निर्माण र अक्सिजन उत्पादन गर्ने मेसिन उद्यारोमा खरीद गरी सञ्चालन गर्न लागिएको अध्यक्ष पाण्डेयले बताए । जिल्लामा निषेधाज्ञा फितलो भएसँगै कोरोना संक्रमणको दर उच्च हुँदै गएको छ । अक्सिजन प्लान्ट जडानका लागि विद्युत्लगायत अन्य साम्रगी प्राप्त भएमा एक हप्तामै अक्सिजन उत्पादन कार्य शुरू हुने प्राविधिक देवेन्द्र श्रेष्ठले बताए । पाल्पामा पहिला पहिला अक्सिजन अभाव भएपछि बुटबल तथा चितवनसम्म जानुपर्ने बाध्यता रहेको थियो । अक्सिजन प्राप्तिका निम्ति सर्वसाधारण नागरिकले बिरामीको उपचारमा सास्ती खेपेका थिए । पाल्पा अस्पताललगायत अन्य अस्पतालमा उत्पादित अक्सिजनले पाल्पामा अब अक्सिजनको अभाव नहुने अस्पतालका मेसु जगदीश कँुवरले बताए । रासस

अक्सिजन प्लान्ट जडान अन्तिम चरणमा

पाल्पा– पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट जडान कार्य अन्तिम चरणमा पुगेको छ । अक्सिजन प्लान्ट राख्नका लागि आवश्यक उपकरणसहित प्रक्रिया अगाडि बढाइएको छ । अर्थ मन्त्रालयमार्फत गत जेठ ४ गते अक्सिजन प्लान्ट सञ्चालनका निम्ति रु एक करोड ५० लाख बजेट स्वीकृत भएको थियो । स्वीकृत बजेट अझैसम्म प्राप्त नहुँदै प्लान्टको काम भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष […]