इलाम : पार्वती घलेको २ गोलको मद्धतमा राष्ट्रिय महिला लिगमा विराटनगर महानगरपालिकाले चौदण्डीगढी नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गरेको छ।एन्फा मैदानमा शनिबार भएको दोस्रो खेलमा अग्रता जोगाउन नसक्दा चौदण्डीगढीले अंक बटुल्ने मौका गुमाएको हो। खेलको ७ औ मिनेटमा मनिता तामाङको गोलबाट चौदण्डीगढीले अग्रता बनाएको थियो।सुजता राईको क्रस पासमा विराटनगरकी कप्तान एवम गोलरक्षक कल्पना कार्कीलाई बिट गराउँदै मनिताले अग्रता दिलाएकी थिइन्। चौदण्डीगढीको अग्रता ८ मिनेट समेत टिकेन।चौदण्डीगढीकी स्ट्राइकर सुज