करेन्ट लागेर दुई जनाको ज्यान गयो

काठमाण्डौ – करेन्ट लागेर देशका फरक फरक ठाउँमा दुई जनाको ज्यान गएको छ । बाटो बनाउने क्रममा करेन्ट लागेर गोरखामा एक युवकको ज्यान गएको छ । गोरखा नगरपालिकामा रहेको नेपाल टेलिकमको कार्यालय नजिकै बाटो बनाउने क्रममा पश्चिम रुकुमको चौरजहारी नगरपालिका १० का ३२ वर्षीय थलबहादुर विकको ज्यान गएको हो । उहाँलाई शुक्रबार बिहान ६ बजेतिर करेन्ट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाटो ढलानका लागि फलामको रड सिधा पार्ने क्रममा रडले विद्युत पोलको तारमा छुँदा उहाँलाई करेन्ट लागेको हो । करेन्ट लागेर गम्भीर घाइते हुनु...

सम्बन्धित सामग्री

करेन्ट लागेर एकजनाको मृत्यु

मकवानपुर– मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।  बकैया गाउँपालिका–५, सिरिपुरमा करेन्ट लागेर ५२ वर्षीय वीरबहादुर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा पंखा जोड्ने क्रममा करेन्ट लागेर जलेका उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

करेन्ट लागेर दुई जनाको मृत्यु

रौतहट र रुपन्देहीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । रौतहटको मौलापुर नगरपालिका–८ बस्ने ४० वर्षीय महेशी राय यादवको करेन्ट लागेर शनिबार राति मृत्यु भएको हो । सोही ठाउँस्थित खेतमा पानीको मोटर जोड्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको नेशनल मेडिकल कलेज वीरगञ्ज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो ।रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ मणिग्रामस्थित एक घरमा इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी धुर्कोट गाउँपालिका–५ व

करेन्ट लागेर तीन जनाको मृत्यु

मोरङ, मकवानपुर र सिरहामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका–८ बालगोपाल टोल बस्ने ३० वर्षीय राजु मुख्याको करेन्ट लागेर शनिबार बेलुकी मृत्यु भएको हो । आफ्नै घरमा विजुलीको प्लगमा तार जोड्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ मिलनपथ बस्ने १३ वर्षीय सुमन तामाङको करेन्ट लागेर शनिबार मृत्यु भएको छ । साथीहरुसँग मिलेर सोही ठाउँस्थित कर्रा खोलामा करेन्ट लगाई म

करेन्ट लागेर दुई जनाको मृत्यु

सिरहा र रुपन्देहीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सिरहाको धनगढीमाई नगरपालिका–१० नुक्तन फुड प्रोडक्ट चाउमिन फ्याक्ट्रीमा १८ वर्षीय मन्जित धोवीको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । फ्याक्ट्रीको फलामको ढोका खोल्ने क्रममा ढोकामा लत्रेको नाङ्गो तारबाट करेन्ट लागेर अशक्त भएका उनको उपचारको लागि सप्तऋषि अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । रुपन्देहीको शुद्धोधन गाउँपालिका–७ खुनीगाउँ बस्ने २८ वर्षीया भानुमती कोहारको करेन्ट लागेर मंगलबार दिउँसो

नवलपुरमा करेन्ट लागेर एकजनाको मृत्यु

पूर्वी नवलपरासीमा करेन्ट लागेर सोमबार एकजनाको ज्यान गएको छ। नवलपुरको हुप्सेकोट गाउँपालिका–४ मा करेन्ट लागेर वडा नं ३ का ६६ वर्षीय कोषबहादुर मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ। विजुलीको पोलमुनी रहेको...

करेन्ट लागेर तीन जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न स्थानमा करेन्ट लागेर ३ जनाको मृत्यु भएको छ। सप्तरी, धादिङ र सुनसरीमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको हो। सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौना बस्ने ३५ वर्षीया नासिरा खातुनको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको हो । पंङ्खा चलाउनको लागि मल्टीपल्ग जोडने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको स्थानीय मेडिकल कठौनामा […]

करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौँ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढामा गए राति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ  । स्थानीय ४२ वर्षीय महादेव साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिककै रहेको पोखरीबाट मोटर जडान गरी नयाँ घरमा पानी पठाउने क्रममा अचानक उनलाई करेन्ट लालेको थियो ।  करेन्ट लागेर घाइते भएका उनलाई तत्कालै उपचारका लागि […]

लमजुङमा करेन्ट लागेर बालिकाको मृत्यु

४ साउन, गण्डकी । करेन्ट लागेर लमजुङमा एक बालिकाको मृत्यु भएको छ । राइनास नगरपालिका–७ सालफेदीका राकेश पाण्डेकी आठ वर्षीया छोरी सृष्टिको करेन्ट लागेर मृत्यु भएको हो । कोठामा सोमबार बिहान करेन्ट लागेर घाइते भएकी बालिकाको स्थानीय सहोदर अस्पताल धमिलिकुवामा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिए […]

करेन्ट लागेर बालिकाको मृत्यु

गण्डकी । टेलिभिजन हेर्ने क्रममा करेन्ट लागेर एक जना बालिकाको मृत्यु भएको छ । लमजुङ राइनास नगरपालिका–७ सालफेदि बस्ने राकेश पाण्डेको आठ वर्षीय छोरी सृष्टि पाण्डेको घरभित्र कोठामा आज बिहान साढे आठ बजेको समयमा करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिए । प्रहरीका अनुसार करेन्ट लागेर घाइते […]