अनुष्का र विराट चर्चामा : बालकको उपचारमा ठूलो हात

एजेन्सी। भारतीय अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली आफ्नो राम्रो कामले गर्दा चर्चामा आएका छन्। अयांस गुप्ता नाम गरेका बालक जसलाई स्पाइनल मस्कुलर एट्रोफी नामको दुर्लभ वंशानुगत रोग लागेको थियो, उसको उपचारका लागि अनुष्का र विराटले१६ करोड रुपैयाँको इन्जेक्सनको व्यवस्था गरी सहयोग गरेका हुन्। बच्चाका अभिभावकले सामजिक सञ्जालमार्फत उनीहरुलाई धन्यवाद दिँदै यो खबर सार्वजनिक गरेका छन्।