न्यू बिजनेश एज २१औं वार्षिकोत्सव विशेष : सडक कनेक्टिभिटीमा फड्को, ठूला पूर्वाधारमा कमजोरी

नेपालमा २०–२२ वर्षको अवधिमा पूर्वाधार विकास नभएको होइन, भएको छ । यसअघिका दशकमा भन्दा राम्रो गतिमा विकास भएको छ । तर, पूर्वाधार विकासको तुलना छिमेकी देश दक्षिणमा भारत र उत्तरमा चीनतर्फ हेरेर गर्नुपर्छ । नेपाल तुलनात्मक रूपमा भौगोलिक र पूँजीका हिसाबले यी देशभन्दा सानो भए पनि पूर्वाधार विकासमा निकै पछि परेको छ । दक्षिण एशिया क्षेत्रको पूर्वाधार विकासको दर हेर्दा पनि हामी निकै पछि परेका छौं ।  युद्धग्रस्त देश अफगानिस्तानलाई छाडेर अरू सार्क देशलाई हेर्दा नेपाल औसतभन्दा तल देखिन्छ । पूर्वाधार विकास गरे पनि सन्तोष गर्ने खालको छैन । अरू देश दौडिरहेका छन्, हामी हिँडिरहेका छौं । यस हिसाबले अरू देशको तुलनामा हामी पछि पर्ने नै भयौं । तसर्थ, पूर्वाधार विकासको गतिलाई जुन हिसाबमा अघि लैजानुपर्ने थियो, त्यो सकिएन । अर्काेतर्फ हामीकहाँ पूर्वाधार विकास जेजति भए त्यसमा पनि त्रुटि, कमीकमजोरी छ ।  उदाहरण म आफ्नै क्षेत्रबाट दिन्छु, अहिले १ लाख किलोमीटर सडक सञ्जाल पुग्यो भन्छौं । तर, गाडी कुद्ने भनेको ५० हजार किलोमीटर मात्रै हो । बाँकी ५० हजार किलोमीटरमध्ये हिउँदमा १/२ किलोमीटर मात्रै कुद्छ, अरू बेला गुड्दैनन् । बाटो निर्माण गर्ने क्रममा हामीले केही कुरालाई बेवास्ता गर्‍यौं भने कतिपय पक्षलाई बेवास्ता गरियो । जस्तै, डोजरबाट बाटो बनायौं, डोजर भनेको निकै शक्तिशाली मेशिन हो । यो उकालोमा पनि जान्छ तर गाडीहरूको त्यति पावर हुँदैन । अहिले समस्या भएकै यही हो । गुणस्तरीय नभए पनि सडकमा प्रगति भएको छ । रेलमार्ग, सुरुङमार्ग र जलमार्ग जस्ता क्षेत्रमा हामी पछि परिसकेका छौं ।  डोजर गएको बाटोमा गाडी जान्छ भन्ने मानसिकता ग्रामीण भेग र नेतागणमा छ । त्यो सडकमा गाडी चढ्न सक्दैन भने लोडले त झनै सक्दैन । अर्काे समस्या घुम्तीमा छ । डोजर कस्तो मेशिन हो भने एक ठाउँमा बसेर फनक्क घुम्न सक्छ, तर त्यहाँ बस र अरू सवारीसाधन घुम्न सक्दैनन् । यो कुरालाई ध्यान दिइएन । ती बाटोमा थोरै भए पनि इन्जिनीयरको सल्लाह लिइएको र मिलेको भए यो समस्या कम हुन्थ्यो । त्यो बेला इन्जिनीयरलाई उपेक्षा गरियो, उपयोग गरिएन । परिणाम नेताहरूले डोजर किन्न थाले ।  अहिले पनि हेरियो भने नेताहरूसँग प्रशस्त डोजर छन् । त्यो डोजरलाई काम दिन साविक गाउँ विकास समिति, गाउँपालिकादेखि नगरपालिकाले बाटो खन्न प्रयोग गरे । बाटो खन्नुपूर्व थोरै भए पनि इन्जिनीयरिङ प्रयोग गरिएको भए परिणाम अलग हुन्थ्यो । यो अवस्था निरन्तर छ । यो विषय मैले सन् २००८ मा काठमाडौंमा भएको एक कार्यक्रममा उठाएको थिएँ । डोजर सडक नभनी ‘ननइन्जिनीयरिङ सडक : त्यसले भविष्यमा पार्ने असर’ शीर्षकको कार्यपत्र नै प्रस्तुत गरेको थिएँ । यसले हाम्रो विकासलाई दिगो बनाउँदैन । हिउँदभर सडक खन्ने, वर्षामा उस्तै हुन्छ । अर्को वर्षको बजेटमा यसलाई पन्छाउन रकम छुट्ट्याउने तर सडक जस्ताको तस्तै हुने समस्या हुन्छ । नाली नबनाउने जस्ता विषय आज पनि सान्दर्भिक छन् । यसमा अहिलेसम्म सुधार हुन सकेको छैन । अहिले पूर्वाधार भन्नेबित्तिकै सडक र पुलमात्रै देखिएको छ । विश्व बैंकले पनि यस विषयमा अध्ययन गरेको थियो । पहिला गाउँ विकास समिति हुँदा पनि गाउँमा अनुदान जान्थ्यो । नगरपालिकामा जाने अनुदान केमा खर्च हुँदोरहेछ भन्ने विषयको अध्ययनले कुल अनुदानमध्ये ७८ प्रतिशत बजेट सडक र बाटो बनाउन खर्चिएको देखाएको थियो । सडक आवश्यक छ भनी छनोट हुनु सकारात्मक हो । तर, त्यसलाई सदुपयोग गर्न सकिएन । छनोट राम्रो र दीर्घकालीन रूपमा लाभ हेरेर बनाइएको भए अहिले १ लाख किलोमीटर सडक सञ्जाल नभए पनि ८० हजार किलोमीटर हुन्थ्यो । यो लगानीमा बन्ने सडकमध्ये ७० हजार किलोमीटरमा १२ महीना नै गाडी चल्ने अवस्था हुन्थ्यो । पूर्वाधार निर्माणमा जनताको जोश, जाँगर, राज्यको प्राथमिकता, हरेक सांसद्को माग सडकमै, जनताको माग पनि सडक नै भएकाले यसलाई पूर्वाधारको पनि पूर्वाधार भन्छौं । सडक बनेपछि सबै सहज हुन्छ भन्ने आम मान्यता छ । तर, छनोट राम्रो भए पनि निर्माणको विधि गलत भयो । जसले गर्दा आज हाम्रा धेरै सडक प्रयोग हुन नसक्ने अवस्थामा छन् । अन्य हिसाबमा हेर्ने हो भने राजमार्गमा राम्रो विकास भएको छ । अहिले हामीसँग १५ हजार किलोमीटर राजमार्ग सडक छ । सबै जिल्ला सदरमुकामलाई सडक सञ्जालमा जोड्न सकिएको छ । हुम्लाको सिमीकोट पनि अबको २ वर्षभित्र जोड्नेछौं । गाउँ, जिल्ला सदरमुकाम र राजमार्गमा पहुँच सन्तोषजनक मान्न सकिन्छ तर गुणात्मक फड्को भने कमजोर रह्यो । त्यसैले पूर्वाधारमा विश्वको, छिमेकी देश चीन र भारतको साथै सार्क देशमा भएको विकासको दरलाई हामीले भेट्न सकेनौं । यी देशको तुलनामा नेपाल पुछारमै छ ।  पूर्वाधारमा विश्वको, छिमेकी देश चीन र भारतको साथै सार्क देशमा भएको विकासको दरलाई हामीले भेट्न सकेनौं । यी देशको तुलनामा नेपाल पुछारमै छ ।  सडक पूर्वाधारमा मात्रै नभएर शिक्षा, स्वास्थ्यमा पनि पछाडि छ । सडक पूर्वाधार गाउँगाउँमा गयो, तर आवास, भवन र अस्पतालजस्ता पूर्वाधार बन्न सकेनन् । यद्यपि भूकम्पपछि विद्यालयको पूर्वाधारमा सुधार देखिन्छ । यसभन्दा पहिला विद्यालय निर्माण डाँडामा फालिएका जग्गामा हुन्थे भने १ वर्षमै जस्तापाता उडाउँथ्यो । यस्तै, छरिएर रहेका बस्तीलाई सुविधासम्पन्न ठाउँमा ल्याउन र बनाउन सकिएन । आजभन्दा ३० वर्षअघि नै एकीकृत बस्ती बनाउने भनिए पनि कार्यान्वयन भएन । मध्यपहाडी लोकमार्गमा शहर विकास गर्ने भनिए पनि कार्यान्वयन अत्यन्त फितलो छ । हामी निकै कर्मकाण्डी भएका छौं । केही नमूना बस्ती शुरू गरिहाल्नु थियो भने निजीक्षेत्रले अहिले जथाभावी रूपमा गर्दै आएको प्लटिङ रोक्न सरकारले स्थान देखाइदिनुपर्ने थियो । त्यहीँमात्रै प्लटिङ हुने थियो । त्यहाँमात्रै पूर्वाधार बनाउनुहोस् भनेर राज्यले मार्गदर्शन गर्न सक्नुपथ्र्यो । यद्यपि अहिले पनि ढिला भएको छैन । नेपालजस्तो देशमा पूर्वाधार निर्माणमा मुख्य गरी दुई कुराको आवश्यकता हुन्छ । एउटा, आन्तरिक स्रोतको अत्यधिक परिचालन र यो अवधिमा वैदेशिक सहयोगको आवश्यकता हो । वैदेशिक सहायता र लगानी पनि आवश्यक मात्रामा ल्याउन सकिएन । यसलाई प्राथमिकताप्राप्त क्षेत्रमा लगानी गर्नुपर्ने थियो । त्यसो हुन सकेन र छरिएर रह्यो । कतिपय आयोजनामा दिगोपना पनि हुन सकेन । त्यसको उदाहरण मेलम्ची खानेपानी आयोजना हो । आएका सहयोगलाई पनि उचित रूपमा पालना हुन सकेन ।  हामी चुकेको अर्काे क्षेत्र भनेको रेल हो । नेपालले मित्रराष्ट्र चीन र भारतसँग रेलको कनेक्टिभिटी यी दशकमा बढाउन सक्नुपर्ने थियो । हामीले यतिबेलासम्म वीरगञ्ज–काठमाडौं रेलमार्ग निर्माण गरिसक्नुपर्ने थियो । काठमाडौं–केरुङ रेलमार्ग तयार गर्न सकेको भए हाम्रो पूर्वाधारमा निकै टेवा पुग्ने थियो ।  स्थलमार्गमध्येमा जलमार्ग सबैभन्दा सस्तो भइहाल्यो । त्यसपछि रेलले गर्ने ढुवानी गाडीले गर्नेभन्दा आधा सस्तो पर्छ । यसले ढुवानीमा हुँदै आएको खर्च बचत हुन्थ्यो । अर्काे पूर्वाधारको कमजोरी भनेको रेलको विकास गर्न नसक्नु हो । हामीसँग ८५ वर्षअघि नै भएको सय किलोमीटर रेलमार्ग प्रयोग गर्न सकेनौं । यद्यपि अहिले जनकपुर–जयनगरमा चलेको छ । विश्वमा दु्रतगतिका रेल प्रयोगमा छन् । सम्भव भएका स्थानमा रेलको विकास गर्नुपर्छ । धेरै खर्चिलो हुने ठाउँमा बनाउन सकिँदैन । तर, पनि हामीले तराईमा पूर्व–पश्चिम रेल, बोर्डरदेखि पूर्व–पश्चिम रेलसम्म जोड्ने लिंक, वीरगञ्ज–काठमाडौं र काठमाडौं–केरुङ रेलमार्ग बनाउन अब ढिला गर्नु हुँदैन । नेपालले काठमाडौं–पोखरा र पोखरा–लुम्बिनी रेलमार्ग बनाउन सकेको भए पनि निकै फरक पर्थ्यो ।  हामी सुरुङमार्ग निर्माणमा पनि पछाडि परेका छौं । नेपालको भूगोलअनुसार पनि सुरुङमार्ग निकै आवश्यक हो । सडक विस्तार तथा पहुँचले गर्दा अहिले सडकहरू लामो र अग्ला डाँडा पार गर्नुपरेको छ । यसले इन्धन, समय र लागत खेर गएको छ । सुरुङमार्गमा शुरूमा बढी लागत लागे पनि कालान्तरमा लाभ पुग्छ । सय वर्ष पहिला चुरेमा सुरुङमार्ग थियो । त्यसलाई विकास गर्न सकेनौं । सय वर्षअघि शुरू गरिएको सुरुङको सोच अहिले आएर नागढुंगा सुरुङमार्ग बन्दै छ । अब सम्भाव्य स्थानमा सुरुङ बनाएर राजमार्गको लम्बाइ र रेलमार्गको दूरी घटाउन सक्नुपर्छ । यसका साथै दु्रतमार्ग बनाउन पनि ढिला भएकै हो ।  हामीले अब दु्रतमार्ग निर्माणमा पनि उत्तिकै ध्यान दिनुपर्छ । जस्तो विगतमा बुटवलबाट भैरहवा जान १ देखि डेढ घण्टा लाग्थ्यो । २४ किलोमीटरको यो सडकलाई अहिले ६ लेनमा विस्तार गर्दा करीब २० देखि २५ मिनेटमा पुग्न सकिन्छ । अबका दिनमा व्यापारिक मार्ग र दु्रतमार्ग पनि बनाउनुपर्छ ।  अबको बाटो विगतमा हामीले कनेक्टिभिटीमा जोड दियौं । साधनस्रोत कम तर सबै स्थानमा सडक पुर्‍याउनुपर्ने अवस्था यी दशकमा पूरा भए ।सन् २०१५ मै हुम्ला र डोल्पाबाहेक सबै स्थानमा सडक पुगेको थियो । अबको प्राथमिकता सजिलो, छोटो र गुणस्तरीय पूर्वाधार हुनुपर्छ । जस्तै, १ हजार ८०० किलोमीटर लामो मध्यपहाडी राजमार्ग बनाएर दीर्घकालीन रूपमा सडक चल्न सक्दैन । यसरी लम्बाइमात्रै भएर हुँदैन । यी जस्तै अन्य राजमार्गलाई छोटो र उपयोगी बनाउनुपर्छ । दु्रतमार्गहरू छिटो सक्काउने र सम्भाव्यताका आधारमा विराटनगर, बुटवलदेखि लुम्बिनीसम्म दु्रतमार्ग बन्नुपर्छ । काठमाडौं–तराई दु्रतमार्गले नेपालको ट्राभलको प्याटर्न नै परिवर्तन गर्नेछ । विगतमा हामीले कनेक्टिभिटीमा जोड दियौं । साधनस्रोत कम तर सबै स्थानमा सडक पुर्‍याउनुपर्ने अवस्था यी दशकमा पूरा भए ।   अर्काे सीमित देखिए पनि जलमार्गको उपयोगमा नेपालले बढी जोड दिनुपर्छ । जलमार्ग नारायणी नदीमा अमेरिकी सहयोगमा र कोशीमा नेपालकै आफ्नै अध्ययन छ । सम्भव भएको बेला (सुक्खा यामबाहेक) र सम्भव देखिएका क्षेत्रमा जलमार्ग प्रयोगमा अब ढिलाइ गर्नु हुँदैन । रेलमार्गमा र केबलकारमा पनि उत्तिकै ध्यान दिनुपर्छ । अहिले नेपालमा तीर्थयात्राका लागि केबलकार प्रयोग भएका छन् । व्यापारिक प्रयोजनका लागि पनि केबलकार प्रयोग गर्नुपर्छ । अझै १५ देखि २० वर्षसम्म पूर्वाधार विकासमा लाग्नुपर्छ । भएका पूर्वाधारको संरक्षण गर्ने, विगतमा छुटेका रेलमार्ग, जलमार्ग र रज्जुमार्ग बनाउनतर्फ लाग्नुपर्छ । विमानस्थलहरू निर्माण भइरहेका छन् । निजगढ विमानस्थल पनि बनाउनुपर्छ । सम्भाव्य पूर्वाधार विकासबाट मुलुकको आर्थिक विकासमा टेवा पुग्छ । अर्काेतर्फ ठूलो कमजोरी भएको राजमार्ग बनाउँदा हो । एउटापछि अर्काे समानान्तर रूपमा राजमार्ग बनाउने हो । गाडी कहाँबाट आउँछ, यसको लगानी उठ्छ कि उठ्दैन भन्ने विषय अध्ययन नगरी काम गरिएको छ । मध्यपहाडी लोकमार्ग र पूर्व–पश्चिम राजमार्गको बीचमा ल्याएर मदन भण्डारी राजमार्ग हालिएको छ । अर्काेतर्फ पूर्व–पश्चिम रेलमार्ग र पूर्व–पश्चिम राजमार्ग पनि सँगै राख्यौं । यहाँ पनि गल्ती भयो । लगानीलाई प्राथमिकताका साथ प्रयोग नगरेका उदाहरण यी पूर्वाधार हुन् । राज्यले पूर्वाधारमा गर्ने लगानी प्रतिफलयुक्त हुनुपर्छ । राज्यले बनाएका पूर्वाधार एकअर्काका परिपूरक हुनुपर्छ । राज्यले गरेको लगानी खेर जानु हुँदैन । पूर्वाधार निर्माणले कति वर्षमा प्रतिफल दिन्छ, आर्थिक लाभ दिन सक्छ/सक्दैन भन्ने विषयलाई अध्ययन तथा मूल्यांकन गरेर लगानी गर्नुपर्छ । सानोतिनो भोटको राजनीतिलाई लिएर पूर्वाधारका योजना प्राथमिकतामा पारिनु हुँदैन । पूर्वाधारमा सन्तुलित विकास हुन उत्तिकै जरुरी छ । साधन, स्रोत हामीसँग निकै कम छ, त्यसैले पनि बढीभन्दा बढी लाभ दिने पूर्वाधारलाई प्राथमिकीकरण गरेर राज्य तथा निजीक्षेत्रले लगानी गर्नुपर्छ । (हिमा वि.कसँगको कुराकानीमा आधारित)

सम्बन्धित सामग्री

पिइएफको सोह्रौँ वार्षिकोत्सव सम्पन्न

प्रोग्रेसिभ एजुकेसनल फोरम (पिइएफ) को सोह्रौँ वार्षिकोत्सव सम्पन्न भएको छ । राष्ट्रिय नाचघरमा आयोजित भव्य कार्यक्रममार्फत फोरमले आफ्नो सोह्रौँ वार्षिकोत्सव मनाएको हो । वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठलाई अभिनन्दन गरिएको...

अलफ्ट होटलको चौंथो वार्षिकोत्सव सम्पन्न

अलफ्ट होटलले चौथो वार्षिकोत्सव सम्पन्न गरेको छ। होटलले चार वर्षको असाधारण सेवा र मनमोहक सम्झनाहरूलाई सम्झँदै आमन्त्रित पाहुना, साझेदार र संरक्षकहरू माझ भव्यताका साथ वार्षिकोत्सव मनाएको छ।...

अलफ्ट होटलको चौंथो वार्षिकोत्सव सम्पन्न

अलफ्ट होटलले चौथो वार्षिकोत्सव सम्पन्न गरेको छ। होटलले चार वर्षको असाधारण सेवा र मनमोहक सम्झनाहरूलाई सम्झँदै आमन्त्रित पाहुना, साझेदार र संरक्षकहरू माझ भव्यताका साथ वार्षिकोत्सव मनाएको छ।...

नेप्लिज मार्केटिङ एसोसिएसनको पहिलो वार्षिकोत्सव सम्पन्न

काठमाडौं । नेप्लिज मार्केटिङ एसोसिएसनले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ । होटल याक एण्ड यतिमा २४ डिसेम्बरमा वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै एसोसिएसनका अदक्ष्य महेश स्वरले सरकारी निकायसँग सहकार्य गरेर नेपालको बजारलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने उदेश्य रहेको बताए । कनफेडेरेसन अफ नेप्लिज इनडसट्रिज(सीएनआई), राष्ट्रिय आविस्कार केन्द्र र एस इन्स्टिच्यूट अफ म्यानेजमेन्टसँग एसोसिएसनले […]

१२ औं वार्षिकोत्सव मनाउँदै 'फूडमान्डू'

नेपालकै पहिलो र सबैभन्दा ठूलो फूड डेलिभरी कम्पनी फूडमान्डूले आफ्नो १२ औं वार्षिकोत्सव मनाउँदै छ। १२ औं वार्षिकोत्सव अवसरमा फूडमान्डूले १२ दिनका लागि विभिन्न अफरहरु ल्याएकाे छ।...

ज्योती बैंकको १४ औं वार्षिकोत्सव सम्पन्न

ज्योती विकास बैंकले स्थापनाको १४ औं वार्षिकोत्सव मनाएको छ। बैंकले सञ्चालक समितिका सदस्य, भूतपूर्व सञ्चालकहरू, कर्मचारी र ग्राहकहरूको उपस्थितिमा वार्षिकोत्सव मनाएको हो।...

जनकल्याण माविको ६९औं वार्षिकोत्सव सम्पन्न

चाबहिल महांकालस्थित जनकल्याण माध्यमिक विद्यालयको ६९औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ। वार्षिकोत्सव कार्यक्रमको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गरेका हुन्। कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पौडेलले सार्वजनिक शिक्षा प्रणाली सुधारका...

सस्तो डिलको १०औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं ।  सस्तो डिलले आफ्नो १०औं वार्षिकोत्सव मनाएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले वार्षिकोत्सव समारोहको उद्घाटन गरेका थिए । वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै राजदूत क्वात्राले सस्तो डिलले आफ्नो १० औं वार्षिकोत्सव मनाउन सफल भएकोमा शुभकामना बधाई दिएका थिए । कम्पनीको १० वर्षको यात्रालाई संस्थापक अमुन थापाले भिडियोमार्फत आफ्नो प्रस्तुति दिएका थिए । […]

‘सस्तो डिल’ ले आफ्नो १०औं वार्षिकोत्सव मनायो

१०औं वार्षिकोत्सव मनाएको छ। नेपालका लागि भारतका राजदुत विनय मोहन क्वात्राको प्रमुख आतिथ्यमा सस्तो डिलले आफ्नो वार्षिकोत्सव मनाएको हो।...

‘भूगोल’को दोस्रो वार्षिकोत्सव सम्पन्न

‘भूगोल साहित्य समाज’ले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ। समाजले विशेष रचना वाचन कार्यक्रम आयोजना गरेर उत्साहका साथ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो।...