कोरोना संक्रमण जोखिमबीच भक्तपुरमा भीडभाडका साथ गाईजात्रा मनाइएको छ । कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भक्तपुर नगरपालिकाले गाईजात्रा सामान्य औपचारिकतामा मात्र सीमित गर्ने निर्णय गरेको थियो । यसैगरी सांस्कृतिकरूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन गृह मन्त्रालयले आग्रह गरेको थियो । तर भक्तपुर दरबार स्क्वायरमा भने गाईजात्रा मनाउने र हेर्नेको भीड लागेको छ ।