कर्णालीमा थप एक जना संक्रमितको मृत्यु, मृतक संख्या ३० पुग्यो

कोरोना संक्रमणका कारण आइतबार कर्णाली प्रदेशमा थप एक जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखको गुराँस गाउँपालिका वडा नं. ५, का ६४ वर्षीय पुरुषको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । यही माघ ७ गते ज्वरो, खोकी, सास फेर्नमा कठिनाई र टाउको दुख्ने समस्या भएपछि प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उहाँलाई उच्च रक्तचाप रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

बाँकेमा थप चार संक्रमितको मृत्यु

बाँकेमा थप चार संक्रमितको मृत्यु भएको छ। योसँगै बाँके जिल्लाका १२६ र बाहिरी जिल्लाका बाँकेमा उपचाररत १२० जना संक्रमितको मृत्यु भएको छ।

बिपी प्रतिष्ठानमा दुई संक्रमितको मृत्यु

धरान। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार एकै दिन मोरङ र जनकपुरका दुई संक्रमितको मृत्यु भएको हो। संक्रमणबाट विराटनगर–१२ का ७५ वर्षीय वृद्ध र धनुषाका ४८ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।