काठमाडौँ। अनुप बरालले निर्देशन गरेको फिल्म ‘दोख’ आजबाट प्रदर्शनमा आएको छ। कोरोना महामारीका कारण रोकिएको फिल्म आजबाट प्रदर्शनमा आएको हो।
फिल्मले सामुदायिक वनको मुद्धालाई लिएर दुई गाउँबीचको किचलो देखाएको छ। सामुदायिक वनको स्वामित्वलाई लिएर गाउँ विभाजित हुन्छ र उनीहरुले त्यसको विरासत हत्याउन खेलको माध्यम अपनाउँछन्।