logo
Use App
  • Read now (current)
  • Download

छोटकरी विशेष

लेखहरू

नागरिकता र हस्ताक्षरसँगै निर्वाचन आयाेग पुगे नेकपा नेताहरू

नेकपाकाे प्रचण्ड-माधव समूहका नेताहरू नागरिकता, हस्ताक्षर र पार्टी परिचयपत्र लिएर निर्वाचन आयाेग पुगेका छन्। नेकपा विवादबारे कुनै निर्णय नगरिए पछि उनीहरू आयोग गएका हुन्। यो समूहले बुधबार मात्रै केन्द्रीय सदस्यहरुको तीनपानेमा हस्ताक्षर संकलन गरेको थियो।

छोटकरी विशेष 14 घण्टा पहिले

गतवर्षदेखि आर्थिक वृद्धिदर ऋणात्मक, महामारीले क्षति गर्दै

काेराेना महामारीका कारण घटेकाे आर्थिक वृद्धिदर अहिलेसम्म पनि ऋणात्मक रहेकाे छ। आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर नकारात्मक (ऋणात्मक) भएको थियाे भने यस वर्षकाे पहिलाे त्रैमासिक पनि -४.६ प्रतिशत रहेकाे छ। तथ्याङ्क विभागका अनुसार गत आवमा वार्षिक आर्थिक वृद्धिदर -१.९९ प्रतिशत कायम रहेकाे थियाे। यसअघि विभागले २.२७ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेको थियो।

छोटकरी विशेष 14 घण्टा पहिले

विप्लव समूहमाथिकाे प्रतिबन्ध हट्याे, बन्दी रिहा हुने

सरकार र विप्लव समूहबीच वार्ता सफल भएसँगै सरकारले उक्त समूहमाथि लगाएकाे प्रतिबन्ध हटाउने भएकाे छ। दुवै पक्षहरूबीच भएकाे सहमतिमा समूहका नेता कार्यकर्ता रिहाइ गर्ने तथा मुद्दा खारेज गर्ने उल्लेख छ। सहमतिसँगै विगत दुई वर्षदेखि भूमिगत रहेका नेत्रविक्रम चन्द विप्लव सार्वजनिक हुने भएका छन्। उता विभिन्न राजनीतिक दलहरूले विप्लव समूह र सरकारबीच भएकाे सहमतिकाे स्वागत गरेका छन्।

छोटकरी विशेष 13 घण्टा पहिले

विप्लव समूहले हिंसा छाेड्याे, सरकारसँग ३ बुँदे सहमति

प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूह हिंसा छाेडी मूलधारकाे राजनीतिमा समाहित हुने भएकाे छ। सरकार र विप्लव समूहबीच भएकाे वार्तामा ३ बुँदे सहमति गर्दै यो समूहले हिंसा छोड्ने भएको हाे। वार्ता सफल भएसँगै भाेलि प्रधानमन्त्री केपी शर्मा ओली र समूहका संयाेजक नेत्रविक्रम चन्द एउटै मञ्चबाट सम्बाेधन गर्ने भएका छन्। वार्तापछि सरकारी वार्ता टाेलीका संयाेजक रामबहादुर थापा बादलले सहमति ऐतिहासिक भएकाे बताएका छन्।

छोटकरी विशेष 15 घण्टा पहिले

नेकपाका ७ जना नेता पार्टीबाट निलम्बित

नेकपाकाे प्रचण्ड-नेपाल समूहले ओली समूहका ७ जना नेताहरूलाई कारबाही गरेको छ। पार्टी नीति विपरीत काम गरेको भन्दै उनीहरुलाई कारबाही गरिएको बताइएको छ। कारबाहीमा पर्ने नेताहरूमा महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापा रहेका छन्। त्यस्तै बैठकले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने निर्णय समेत गरेकाे छ। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो।

छोटकरी विशेष 1 दिन पहिले

वनमन्त्रीकाे दाबी, 'मलाई एक अर्ब घुसको अफर आयो'

वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन देखाइएकाे बताएका छन्। वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न भनी आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन देखाएको दाबी उनले गरेका हुन्। ११ माघमा बसेको मन्त्रिपरिषद् बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गरेको थियो।

छोटकरी विशेष 2 दिन पहिले

झापा पुगेर ओलीले भने, हटाएछन् भने दुई तिहाइ ल्याएर फेरि आउँछु

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाएर देखाउन चुनौती दिएका छन्। उनले आफूहरू जनताका लागि ‘कम्फर्टेबल’ भएको भन्दै कसैले हटाए अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याउने दावी गरेका हुन्।

छोटकरी विशेष 2 दिन पहिले

न्यूनतम् ५० कित्ता आईपीओको प्रावधान आउँदै, गृहकार्य सुरु

नेपाल धितो बोर्डले १० कित्ता शेयरको प्रावधानलाई हेरफेर गर्न गृहकार्य सुरु गरेको छ। शेयर बजारमा सबैको पहुँचलाई स्थापित गर्ने उद्देश्यले ल्याइएको १० कित्ता प्रावधानमाथि पुनरावलोकन गर्दै उक्त व्यवस्था हटाउन बोर्डले तयारी थालेको हो। १० कित्ताको प्रावधान लागू गर्दाकै बखत आवश्यकता अनुसार पुनरावलोकन गरिने स्पष्ट पारिएको थियो। अहिले सोही अनुसार पुनरावलोकनको समय आएको बोर्डले बताएको छ। नयाँ प्रवधानअनुसार न्यूनतम् ५० कित्ता राख्ने गरी छलफल भइरहेको छ।

छोटकरी विशेष 3 दिन पहिले

सरकार र विप्लव समूहबीच वार्ता हुँदै, दुवै पक्षले बनाए वार्ता टाेली

सरकारले विप्लव समूहका नामले चिनिने नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको विद्राेही समूहसँग वार्ताका लागि टाेली गठन गरेकाे छ। गृहमन्त्री रामबहादुर थापा 'बादल'काे संयाेजकत्वमा सरकारले वार्ता टाेली गठन गरेकाे हाे। सरकारले वार्ता टाेली गठन गरेसँगै विप्लव समूहले पनि वार्ता टाेली बनाएकाे छ। समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'को नेतृत्वमा वार्ता टाेली बनाएकाे हाे। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै वार्ता हुने बताएका थिए।

छोटकरी विशेष 3 दिन पहिले

पुनः बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य

नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य पुनः बढाएकाे छ। निगमले साेमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको हाे। नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर ११६ रुपैयाँ, डिजल र मट्टितेल प्रतिलिटर ९९ रुपैयाँ कायम भएको छ। फाल्गुनमै पेट्राेलियम पदार्थकाे मूल्य दाेस्राेपटक बढेकाे हाे।

छोटकरी विशेष 3 दिन पहिले

निर्वाचन आयोगले आफूहरूलाई नै आधिकारिकता दिने प्रचण्डको दाबी

नेकपाकाे प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले निर्वाचन आयोगले आफूहरूलाई नै आधिकारिकता दिने दाबी गरेका छन्। नेकपाको वैधानिकता र चिन्ह आफूहरूले पाउने भन्दै त्यसको आधिकारिक घोषणा हुन मात्रै बाँकी रहेको उनले बताएका हुन्। निर्वाचन आयोगको सेटिङ भत्किँदै गएको भन्दै उनले आयोगले केही दिनमा नै बहुमतले गरेको निर्णयलाई मान्यता दिने बताए।

छोटकरी विशेष 3 दिन पहिले

फाल्गुन २३ गतेका लागि बाेलाइयो संसद बैठक

राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुन २३ गतेका लागि संसद बैठक बाेलाएकी छन्। सरकारकाे सिफारिसमा संसद विघटन भएकाे भएपनि सर्वाेच्चले परमादेश जारी गर्दै विघटन खारेज गरेपछि संसद पुनः बस्न लागेकाे हाे। सर्वाेच्चले परमादेशमा १३ दिनभित्र संसद बाेलाइसक्न भनेकाे थियाे।

छोटकरी विशेष 3 दिन पहिले

आफूलाई संसदीय दलबाट हटाएर देखाउन प्रधानमन्त्रीको चुनौती

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको प्रचण्ड–माधव समूहलाई आफूलाई संसदीय दलबाट हटाएर देखाउन चुनौती दिएका छन्। पोखरामा आयोजित कार्यकर्ता भेलामा बोल्दै उनले आफूलाई विधिवत् रूपमै संसदीय दलबाट हटाएर देखाउन चुनौती दिएका हुन्। उनले आफू संसदीय दलको बैठक बोलाउन समेत तयार रहेको बताएका हुन्। विधिवत् रूपमा हटाए आफू प्रतिपक्षमा बस्न समेत तयार रहेको उनको भनाइ छ।

छोटकरी विशेष 3 दिन पहिले

ममाथि शारीरिक हमला हुनसक्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि हमला हुनसक्ने सम्भावना रहेको बताएका छन्। विभिन्न कार्यक्रम तथा आयोजनाहरूको उद्घाटन गर्न पोखरा पुगेका प्रधानमन्त्री ओलीले आफूमाथि चौतर्फी हमला बढेकाले शारीरिक हमला समेत हुनसक्ने दाबी गरेका हुन्। उनले आफू नरहे पनि पार्टीको भविष्य अन्धकार जान नदिन कार्यकर्ताहरूलाई अपिल गरे।

छोटकरी विशेष 4 दिन पहिले

भ्रष्टाचारीले उन्मुक्ति नपाउने अख्तियार प्रमुखकाे दाबी (अन्तर्वार्तासहित)

अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारीहरूले उन्मुक्ति नपाउने बताएका छन्। नागरिकको अपेक्षा र मिडियाले उठाएका विषयलाई संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन र भ्रष्ट्राचार निवारण गर्ने ऐनको दायराभित्र रहेर विधि प्रक्रिया र कानूनसम्मत ढंगले काम गर्ने प्रतिबद्धता समेत जाहेर गरे। त्यस्तै उनले आयोगको इतिहासमै भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रभावकारी र उत्कृष्ट काम गरेर जाने प्रयास गर्ने प्रमुख आयुक्त राईले बताए।

छोटकरी विशेष 6 दिन पहिले

ओलीसँग एकता हुन नसक्ने प्रचण्डकाे दाबी (भिडियाेसहित)

नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अब प्रधानमन्त्री ओलीसँग एकताकाे सम्भावना नरहेकाे बताएका छन्। ओलीले आफूलाई ध्वस्त पार्ने याेजना अघि सारेकाे बताउँदै ओली प्रतिगमनकारी भूमिका खेल्ने व्यक्ति भएकाे उनले उल्लेख गरे।

छोटकरी विशेष 6 दिन पहिले

कार्बन उत्सर्जन घटाएवापत नेपालले ५ अर्ब पाउने

नेपालले वन संरक्षणमार्फत् कार्बन सञ्चिति बढाएवापत ५ अर्ब रुपैयाँ पाउने भएकाे छ। वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओली र विश्व बैंकका देशीय निर्देशक फरिस अदाद जेर्भोसबीच भएकाे सम्झाैताअनुसार नेपालले उक्त रकम पाउन लागेकाे हाे। सम्झौतानुसार नेपालले पश्चिम तराईका जिल्लाका वनबाट ९० लाख टन कार्बनडाइअक्साइड उत्सर्जन घटाउने छ।

छोटकरी विशेष 6 दिन पहिले

फागुन २३ मा संसद बैठक बाेलाउने तयारीमा सरकार

सरकारले फाल्गुन २३ मा संसद बैठक बाेलाउने तयारी गरेकाे छ। आज साँझ बसेकाे मन्त्रिपरिषद्काे बैठकले साे मितिमा संसद बाेलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेकाे हाे। यसअघि प्रधानमन्त्री ओलीले पाैष ५ गते संसदले आफूलाई सहयाेग नगरेकाे भन्दै संसद नै विघटन गरेका थिए। तर, सर्वाेच्चले हालै ओलीकाे साे निर्णयलाई बदर गरिदिएकाे थियाे।

छोटकरी विशेष 6 दिन पहिले

सांसदहरूसँग ओलीले भने, 'राजीनामा मेराे शब्दकाेशमा छैन'

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्च अदालतले संसद पुनःस्थापना मात्रै गरेकाे र आफूलाई नहटाएकाे बताएका छन्। आफूनिकट सांसदहरूसँग कुरा गर्दै उनले यस्ताे बताएका हुन्। ओलीले राजीनामा आफ्नो शब्दकोशमा नरहेकोसमेत उल्लेख गरेका छन्। उनले आफूलाई हटाउन खोजे मैले प्रतिवाद गर्नु राजनीतिक धर्म भएकाे समेत बताएका थिए।

छोटकरी विशेष 6 दिन पहिले

नेकपा मिलाउने भन्दै वामदेव सक्रिय, प्रधानमन्त्रीसँग भेट

पार्टी विवाद चर्काउन भूमिका खेलेकाे आराेप लागेका नेकपा वरिष्ठ नेता वामदेव गाैतमले पार्टी एकता कायम राख्न भन्दै सक्रियता बढाएका छन्। पार्टी एकता कायम राख्न पहल गर्न भन्दै बिहीबार प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका उनले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका हुन्। गौतमले ओलीसँग पनि पार्टी एकतालाई बल पुग्नेगरी निर्णय लिन आग्रह गरेका छन्।

छोटकरी विशेष 6 दिन पहिले

पुटिन सरकार हल्लाएका नाभाल्नीलाई लगियाे अज्ञातस्थलमा

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनका खरा आलोचक तथा भ्रष्टाचार विरोधी अभियान्ता एलेक्सी नाभाल्नीलाई मस्कोको जेलबाट अज्ञातस्थलमा सारिएको छ। उनलाई कहाँ राखिएको छ भन्नेबारे कुनै सूचना दिइएको छैन। यसअघि उनलाई विष ख्वाइएको थियोे। जसको आरोप पुटिनलाई लागेको थियोे। नाभाल्नीले रुसभरि भ्रष्टाचार विरोधी अभियानलाई तीव्र बनाएका छन्।

छोटकरी विशेष 7 दिन पहिले

प्रधानमन्त्रीले आफूलाई हटाएर देखाउन प्रचण्ड-नेपाल समूहलाई दिए चुनाैती

प्रधानमन्त्री केपी शर्मा ओलीले दलकाे बैठक नडाक्ने बताएका छन्। उनले आफैलाई हटाउने बैठक नडाक्ने ओली पक्षका नेताहरूकाे दाबी छ। नेकपाभित्रकाे विवादका कारण संसद विघटन भएसँगै काम चलाउ बनेका प्रधानमन्त्री ओली संसद पुनःस्थापना भएसँगै कार्यकारी बनेकाे र बरु परिस्थितिकाे सामना गर्दै अघि बढ्ने समेत ओली समूहकाे तयारी छ। यता नेकपाकाे प्रचण्ड-नेपाल समूहले भने ओलीलाई हटाएर जाने रणनीति लिएका छन्।

छोटकरी विशेष 7 दिन पहिले

जसपाले दाहाल-नेपाललाई साेध्याे- तपाईंहरूकाे पार्टी कुन हाे?

नेकपाकाे प्रचण्ड-नेपाल समूहले जसपासँग राखेकाे सत्ता सहकार्यकाे प्रस्ताव नेकपा विवाद टुंगाे नलागेसम्म निर्क्याैल नहुने देखिएकाे छ। आज भएकाे छलफलमा जसपा नेताहरूले दाहाल–नेपाल पक्षको पार्टी कुन हो स्पष्ट पार्नका लागि आग्रह गरेको पनि महतोले बताए। जसपा नेताहरूले पहिले पनि धाेका भएकाे भन्दै 'रिस्क' लिन नचाहेकाे बताए। नेकपा प्रचण्ड-नेपाल समूहले जसपासँग मिलेर जाने प्रस्ताव गरेकाे थियाे।

छोटकरी विशेष 7 दिन पहिले

नेकपा विवाद टुंगाे लागेपछि मात्रै नयाँ सरकारबारे निर्णय गर्ने कांग्रेसकाे निर्णय

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे पदाधिकारी बैठकले नेकपा विवाद टुंगाे नलागेसम्म भावी सरकारबारे निर्णय नलिने भएको छ। बैठकमा पदाधिकारीहरूले कांग्रेसले हतारमा निर्णय लिन नहुने बताएका हुन्। संसद् पुन:स्थापनापछि नेकपा एक भएकाे सन्दर्भमा कांग्रेसले साेचविचार गरी कदम चाल्नुपर्ने निष्कर्ष बैठककाे छ।

छोटकरी विशेष 7 दिन पहिले

फाल्गुन २० मा नेकपा नाम विवादकाे फैसला आउँदै

सर्वाेच्च अदालतले नेकपाकाे नाम सम्बन्धी विवादकाे टुंगाे फाल्गुन २० गते लाउने भएकाे छ। न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले सुनुवाई सकेर निर्णय सुनाउने मिति फागुन २० गतेका लागि तोकेको हाे। तत्कालीन माओवादी केन्द्र र एमालेबीच एकता भएपछि हालकाे सत्तारूढ नेकपाकाे निर्माण भएकाे थियाे। निर्वाचन आयोगमा त्यसअघि नै ऋषिराम कट्टेलको नाममा नेपाल कम्युनिस्ट पार्टी दर्ता भएकाे भन्दै उनले मुद्दा दायर गरेका थिए।

छोटकरी विशेष 7 दिन पहिले

विश्वभर ४ कराेडले लगाए खाेप, लगाएकाहरूमा एन्टीबडी बन्दै

विश्वव्यापी रूपमा फैलिएकाे काेराेना भाइरस (काेभिड-१९) काे खाेप लगाउनेहरूकाे संख्या ४ कराेड पुगेकाे छ। विभिन्न देशहरूमा पत्ता लागेकाे काेभिड खाेप लाउने कार्य विश्वभरि नै अहिले अभियानका रूपमा जारी छ। हालसम्म विश्वभर झण्डै ४ करोड ३६ लाखभन्दा बढी मानिसले कोरोनाविरुद्धको खोपको पूरा मात्रा लगाइसकेका छन्। खोप लगाएकाहरूमा एन्टीबडी बनेकाे समेत विज्ञहरूले बताएका छन्।

छोटकरी विशेष 8 दिन पहिले

अन्जु पन्तले गरिन् बिहे, काे हुन् बेहुला ?

चर्चित गायिका अन्जु पन्तले बिहे गरेकी छन्। उनले इलामका थीर कोइरालासँग विवाह गरेकी हुन्। उनीहरू बीच तीन वर्ष लामाे प्रेम सम्बन्ध रहेकाे थियाे।

छोटकरी विशेष 8 दिन पहिले

माउन्ट केटु चढ्नेहरूलाई सेनाले गर्याे सम्मान

विश्वकाे दाेस्राे ठूलाे हिमाल माउन्ट केटु चढ्ने टाेलीलाई नेपाली सेनाले सम्मान गरेकाे छ। सैनिक मुख्लायमा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले आरोही दलका सदस्यहरुलाई कदरपत्र प्रदान गरेका हुन्। टोलीले माघ ३ गते माउन्ट केटुको सफलतापूर्वक आरोहण गरेका थिए। सम्मान कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सामूहिक भावनाले गरे जुनसुकै काम पनि सम्भव हुने उल्लेख गरे। त्यस्तै कार्यक्रममा आराेहण दलका नेता निर्मल पूर्जा पुनमगरले नेपाली आरोही भरिया मात्र नभएकाे बताए।

छोटकरी विशेष 8 दिन पहिले

सर्वाेच्चकाे फैसलापछि कसले के भने ?

सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेसँगै विभिन्न राजनीतिक दलका नेताहरूकाे मिश्रित प्रतिक्रिया आएकाे छ। नेकपाकाे प्रचण्ड-माधव समूहका नेताहरू, नेकपाकै ओली समूहका नेताहरू तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत पार्टीका नेताहरूले विभिन्न प्रतिक्रिया दिएका हुन्।

छोटकरी विशेष 9 दिन पहिले

सर्वाेच्चले गर्याे संसद पुनःस्थापना (फैसलासहित)

सर्वाेच्च अदालतले संसद पुनःस्थापनाकाे पक्षमा फैसला गरेकाे छ। मंगलबार गरिएको फैसलामा १३ दिनभित्रै संसद बैठक बोलाउन समेत सर्वाेच्चले आदेश दिएकाे छ। फैसलामा ‘संविधान मर्मविपरीत भएको हुँदा प्रतिनिधिसभा पुनःस्थापना’ गरिएकाे उल्लेख गरिएकाे छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले संसद विघटन बदर हुने फैसला सुनाएको हो।

छोटकरी विशेष 9 दिन पहिले

आज प्रधानमन्त्री ओलीकाे ७० औँ जन्मदिन, यसरी मनाए

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबारबाट ७० वर्ष लागेका छन्। उनले प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना परिवारका सीमित सदस्यहरुका साथमा आफ्नो ७० औँ जन्मदिन मनाएका हुन्।

छोटकरी विशेष 9 दिन पहिले

संसद विघटनकाे मुद्दा हेर्दाहेर्दैमा, कहिले आउला फैसला ?

सबै प्रक्रिया सकिएर फैसलाकाे चरणमा प्रवेश गरेकाे संसद विघटन सम्बन्धी सर्वाेच्चमा विचाराधीन मुद्दा मंगलबार हेर्दाहेर्दैमा चढेकाे छ। मुद्दाका पक्ष, विपक्ष तथा एमीकस क्युरीले बहस नाेट दिएसँगै मुद्दा फैसलाकाे चरणमा पुगेकाे हाे। कानुनविद्हरूका अनुसार सर्वाेच्चले यही साता फैसला दिनसक्ने सम्भावना रहेकाे छ।

छोटकरी विशेष 10 दिन पहिले

महान्यायाधीवक्ताले राजीनामा दिएकाे कुरा हल्ला मात्र

मंगलबार बिहान मिडियाहरूमा आएकाे महान्यायाधीवक्ता अग्नि खरेलले राजीनामा दिएकाे खबर सत्य नभएकाे पुष्टि भएकाे छ। महान्यायाधीवक्ता खरेलले विज्ञप्ति जारी गर्दै आफूले राजीनामा नदिएकाे बताएका हुन्। मंगलबार बिहानै केही अनलाइनहरूमा उनले राजीनामा दिएकाे खबर आएकाे थियाे।

छोटकरी विशेष 10 दिन पहिले

पशुपतिमा सुनकाे जलहरी लाउने निर्णयविरुद्ध सर्वाेच्चमा रिट दर्ता

पशुपतिमा जलहरी लाउने सरकारकाे निर्णयविरुद्ध सर्वाेच्चमा रिट दर्ता गरिएकाे छ। रिटमा प्रधानमन्त्री कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाइएकाे छ। रिट वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले दर्ता गरेका हुन्।

छोटकरी विशेष 10 दिन पहिले

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना, न्युरो-इन्डोक्राइनको ट्युमरकाे आशंका

उपचारका क्रममा भारतमा रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्। उनी आज बिहान ९ बजे दिल्लीस्थित यकृत एवम् पित्त विज्ञान संस्थान (आईएलबीएस) अस्पतालमा भर्ना भएका हुन्। भट्टराईलाई न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरिएकाे छ।

छोटकरी विशेष 10 दिन पहिले

इन्फ्रास्टक्चर बैंककाे शेयरमा निरन्तर बढाेत्तरी, कति पुग्याे ?

ठूलाे मात्रामा निष्कासन भएकाे नेपाल इन्फ्रास्टक्चर बैंककाे शेयर निरन्तर रूपमा उकालाे लागिरहेकाे छ। प्रि ओपन सेसनमा यसको पहिलो कारोबार प्रतिकित्ता ३ सय ४० रुपैयाँमा काराेबार भएकाे शेयर अझै निरन्तर रूपमा बढ्ने अनुमान गरिएकाे छ। साेमवार बैंककाे शेयर थप बढेर ६६० पुगेकाे छ।

छोटकरी विशेष 10 दिन पहिले

संसद पुनःस्थापना भए आन्दाेलन गर्छु नभनेकाे प्रधानमन्त्रीकाे स्पष्टीकरण

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संसद पुनःस्थापना नभए आन्दाेलन गर्छु नभनेकाे बताएका छन्। उनले संसद् पुनःस्थापना भए विकासतर्फ केन्द्रित भएको ध्यान सांसद किनबेचमा लाग्ने भनेकाे उल्लेख गरेका हुन्। त्यस्तै उनले केही वर्षभित्र पूर्वपश्चिम रेल चल्ने समेत बताएका छन्।

छोटकरी विशेष 10 दिन पहिले

१० दिनपछि खुल्याे ताताेपानी नाका

माघ ३० गते शुक्रबारबाट बन्द भएको ताताेपानी नाका आजदेखि पुनः सञ्चालनमा आएको छ। चिनियाँहरूकाे ल्होसार बिदा सकिएपछि नाका पुनः सञ्चालनमा आएको हाे। बन्द नाका खुलेसँगै अब व्यवसायीहरुले चाहेजति सामान तातोपानी नाकाबाट भित्र्याउन सक्ने भएका छन्।

छोटकरी विशेष 10 दिन पहिले

मेलम्ची खानेपानी याेजनाकाे सुरुङ परीक्षण सफल

बहुप्रतीक्षित मेलम्ची खानेपानी सुरुङको परीक्षण गरिएकाे छ। काठमाडाैँकाे खानेपानी समस्या समाधान गर्ने अपेक्षाअनुरूप लामाे समयदेखि निर्माणाधीन मेलम्ची खानेपानी याेजनाकाे २६ किलोमिटर सुरुङमा सोमबार पानी भरेर परीक्षण गरिएको हो। मुहानस्थित अस्थायी ड्यामबाट पठाएको पानी दुई सय ७० मिटर पार भएसँगै परीक्षण सफल भएकाे हाे।

छोटकरी विशेष 10 दिन पहिले

प्रधानन्यायाधीश र प्रधानसेनापति बीच किन भयाे भेटघाट ?

प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बीच भेटवार्ता भएकाे छ। जबरालाई भेट्न थापा सोमबार दिउँसो थापा सर्वोच्च अदालत पुगेका हुन्। भेटका क्रममा जग्गा प्राप्ति र हस्तानान्तरणका विषयमा सामान्य छलफल भएको बताइएकाे छ।

छोटकरी विशेष 10 दिन पहिले

देखिने गरी काम नगरेको भन्दै निर्वाचन आयाेगसँग प्रधानमन्त्री रुस्ट

देखिने गरी निर्वाचनकाे तयारी नगरेकाे भन्दै प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयाेगसँग रुस्ट बनेका छन्। अझैसम्म निर्वाचन कार्यक्रम प्रकाशित नभएको भन्दै उनले घोषित चुनावविरुद्ध कुनै षड्यन्त्र नगर्न चेतावनी समेत दिएका छन्। निर्वाचन गर्नुपर्ने निकायहरूले निर्वाचनको तयारी समयमा गर्नुपर्ने उनले बताए।

छोटकरी विशेष 13 दिन पहिले

पूर्वराष्ट्रपतिले भने, राष्ट्रपतिका कारण मुलुकमा ग्रहण लाग्यो

पूर्वराष्ट्रपति डा.रामवरण यादवले संविधान रक्षा गर्ने राष्ट्रपतिकै कारण मुलुकमा ग्रहण लागेको बताएका उल्लेख गरेका छन्। राष्ट्रपतिले बहुमत प्राप्त पार्टीका प्रधानमन्त्रीलाई पार्टीको विवाद समाधान गर्न सल्लाह दिनुपर्नेमा हतारहतार संसद विघटन गर्नु अनुचित रहेकाे उनकाे भनाइ थियाे।

छोटकरी विशेष 13 दिन पहिले

प्रधानमन्त्रीका वकिलले बुझाए बहस नाेटः भने, विघटन प्रधानमन्त्रीकाे अधिकार

प्रधानमन्त्रीका वकिलहरूले सर्वाेच्च अदालतमा बहस नाेट बुझाएका छन्। एमीकस क्युरीकाे बहस सकिएसँगै सर्वाेच्चले वादी-प्रतिवादी दुवैलाई १० गतेभित्र बहस नाेट बुझाउन भनेकाे थियाे। फैसलाबारे भने कुनै औपचारिक जानकारी बाहिरिएकाे छैन।

छोटकरी विशेष 13 दिन पहिले

एमीकस क्युरीले भन्याे, हुँदै नभएकाे अधिकार प्रयाेग गरी संसद भंग भयाे

अदालतकाे सहयाेगीका रूपमा रहेकाे एमिकस क्युरी चयन भएकी वरिष्ठ अधिवक्ता गीता पाठकले संविधानमा हुँदै नभएकाे अधिकार प्रयाेग गरी संसद विघटन भएकाले प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने बताएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गर्दा संविधानको गलत धारालाई आधार लिएको समेत उनकाे दाबी थियाे। एमीकस क्युरीकाे रायसँगै सर्वाेच्चमा जारी संसद विघटनविरुद्धकाे बहस सकिएकाे छ।

छोटकरी विशेष 13 दिन पहिले

प्रदेश २ मा राजनीतिक हलचल, हटाइए प्रदेश प्रमुख

प्रदेश २ मा राजनीतिक हलचल देखिएकाे छ। संघीय सरकारले त्यहाँका बहालवाला प्रदेश प्रमुख तिलक परियारलाई हटाएकाे छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख परियारलाई पदमुक्त गरिएको हाे। परियार पदमुक्त भएसँगै प्रदेश २ काे प्रदेश प्रमुखमा राजेश झालाई नियुक्ति गरिएकाे छ। यता परियारले भने राजनीतिक प्रतिशाेध साँध्न आफूलाई हटाएकाे बताएका छन्।

छोटकरी विशेष 13 दिन पहिले

इन्धनमा बढेकाे २ रुपैयाँकाे असरः ९० रुपैयाँसम्म बढ्याे हवाई भाडा

इन्धनकाे मूल्य वृद्धि भएसँगै हवाई भाडा पनि बढेकाे छ। नेपाल आयल निगमले प्रतिलिटर २ रुपैयाँको दरले हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेपछि भाडा बढेकाे हाे। मूल्य बढाेत्तरी भएपछि काठमाडौँबाट माउन्टेन फ्लाइटमा जानेका लागि ७० रुपैयाँ बढी भाडा पर्नेछ भने काठमाडौँबाट धनगढी रुटमा ९० रुपैयाँ भाडा बढी पर्नेछ।

छोटकरी विशेष 13 दिन पहिले

जारी संसद विघटन मुद्दाकाे बहस सकियाे, कहिले आउला फैसला

सर्वाेच्च अदालतमा विचाराधीन संसद विघटनविरुद्धकाे मुद्दाकाे जारी बहस सकिएकाे छ। अदालतले एमीकस क्युरीकाे राय सुनेसँगै जारी बहस सकिएकाे हाे। बहस सकिएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अधिवक्ता तथा एमीकस क्युरीलाई फागुन १० गतेभित्र बहस नाेट दिन आग्रह गरेका छन्। फैसला भने हेर्दाहेर्दैमा जाने जबराले बताएका छन्।

छोटकरी विशेष 14 दिन पहिले

दिनेशद्वारा भागरथीकाे बलात्कारपछि हत्या गरेकाे स्वीकार

भागरथीकाे बलात्कारपछि हत्या गरेकाे आरोपमा पक्राउ परेका दिनेश भट्टले आरोप स्वीकार गरेका छन्। जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसन्धान अधिकृतसामू उनले बलात्कारपछि घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका हुन्। यसअघि उनले हत्या गरेकाे स्वीकार्दै बलात्कार भने नगरेकाे बताएका थिए।

छोटकरी विशेष 14 दिन पहिले

कांग्रेस महाधिवेशन भदाै ७ देखि १० गते गर्ने निर्णय

नेपाली कांग्रेसले १४औं महाधिवेशन आगामी भदाै १ गतेदेखि १० गतेसम्म गर्ने निर्णय गरेकाे छ। कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति शेरबहादुर देउवाका तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले राखेको महाधिवेशनको कार्यतालिकासहितको प्रस्ताव सामान्य संशोधनसहित अनुमोदन गरेको हाे।

छोटकरी विशेष 14 दिन पहिले

आईपीएलका लागि छानिएनन् सन्दीप लामिछाने

इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणका लागि सन्दीप लामिछाने कुनै पनि टिमबाट छनाैट हुन सकेनन्। ४० लाख भारु न्युनतम मूल्य राखेका सन्दीपलाई चेन्नाईमा भइरहेको अक्सनमा कुनै पनि टिमका लागि छनाैट हुन नसकेका हुन्।

छोटकरी विशेष 14 दिन पहिले

दुई साताभित्र खाेप आइपुग्ने स्वास्थ्यमन्त्रीकाे दाबी

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालमा दुई साताभित्र थप खाेप आइपुग्ने बताएका छन्। २० लाख डोज खोप खरिद प्रक्रिया पूरा भइसकेको बताउँदै उनले सहुलियत दरमै खोप आउने बताएका हुन्। यसअघि सरकारले भारतले अनुदानमा दिएकाे खाेप भित्र्याएकाे थियाे। सरकारले तीन महिनामा तीस लाख नेपालीलाई काेराेना खाेप लगाइसक्ने याेजना अघि सारेकाे छ।

छोटकरी विशेष 14 दिन पहिले

काेराेना खाेप किन्न १ अर्ब बजेट दिइँदै

सरकारले काेराेना भाइरस (काेभिड- १९) विरुद्धकाे खोप किन्न सरकारले स्वास्थ्य मन्त्रालयलाई एक अर्ब बजेट स्वीकृत गरेकाे छ। अर्थ मन्त्रालयले कोरोना खोप खरिद गर्न यसअघि ५० करोड स्वास्थ्य मन्त्रालयलाई प्रदान गरेकाे थियाे। खाेपका लागि अझै ४८ अर्ब चाहिने अनुमान गरिएकाे छ।

छोटकरी विशेष 15 दिन पहिले

'बहुमतकाे प्रधानमन्त्रीलाई संसद विघटनकाे अधिकार छ"

एमीकस क्युरी तथा वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले बहुमतकाे प्रधानमन्त्रीलाई संसद विघटनकाे अधिकार रहेकाे बताएका छन्। प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा एमीकस क्युरीको तर्फबाट राय राख्दै बुधबार मैनालीले संविधानको धारा ७६ को उपधारा ७ को प्रतिनिधिसभा विघटनको अधिकार बहुमतको प्रधानमन्त्रीलाई पनि रहेकाे राय पेश गरेका हुन्। उनले अदालतले नेकपा एकै ठाउँमा रहेकाे मान्नुपर्ने बताएका छन्।

छोटकरी विशेष 15 दिन पहिले

नेकपा विवाद सुल्झाउन सकसः सूर्य चिह्न फ्रिज गर्नेबारे आयाेगमा छलफल

निर्वाचन आयाेगलाई नेकपाभित्रकाे विवाद सुल्झाउन सकस परेकाे छ। निर्वाचन आयोगमा नेकपा ओली समूह र प्रचण्ड–माधव दुवै पक्षले आधिकारिकता दावी गरेपछि आयोग अप्ठ्याराेमा परेकाे हाे। विवादबारे आयोगले विभिन्न कोणबाट छलफल गरिरहेको भएपनि समाधान निस्किन सकेकाे छैन। आयोगले विवादकाे मुख्य जड रहेकाे सूर्य चिह्नलाई फ्रिज गर्नेतिर समेत छलफल गरेकाे छ।

छोटकरी विशेष 15 दिन पहिले

बढ्दाे मूल्यवृद्धिप्रति थाल ठटाएर विराेध

पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा जनता समाज पार्टी (जसपा) निकट विद्यार्थीहरूले थाल ठटाएर प्रदर्शन गरेका छन्। माइतीघर मण्डलामा बुधबार आयाेजित प्रदर्शनमा थाल र चम्चा बजाउँदै विद्यार्थीहरुले प्रतिगामी सरकार मुर्दावाद, पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता गर लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन्। केही दिन यता महँगी निरन्तर बढिरहेकाे छ। चुनाव घाेषणा भएसँगै दैनिक उपभाेग्य वस्तुहरूकाे मूल्य वृद्धि भइरहेकाे छ।

छोटकरी विशेष 15 दिन पहिले

भागरथी भट्ट बलात्कार, हत्याका आराेपीले दिए यस्ताे साबिती

भागरथी भट्टकाे बलात्कार र हत्याका आराेपी दिनेश भट्टले अपराध स्वीकारेकाे प्रहरीले जनाएकाे छ। उनले प्रहरीलाई मार्नकै लागि विद्यालयबाट छिटाे घर आएकाे साबिती दिएका छन्। उनले आफूले फुपुको बदला लिन हत्या गरेको बताएको प्रहरीले जनाएकाे छ। उनले भागरथीलाई लडाएर बेहोस बनाएपछि बलात्कार गर्न खोजेको तर बलात्कार भने नगरेकाे बयान दिएकाे बताइएकाे छ। आराेपी भागरथीलाई न्याय माग्न गरिएकाे आन्दाेलनमा समेत सहभागी थिए।

छोटकरी विशेष 15 दिन पहिले

भागरथी हत्याका आराेपीलाई ५ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति

भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेका दिनेश भट्टलाई थप ५ दिन थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालत बैतडीले अनुमति दिएकाे छ। भागरथीका दाइ केशवराज भट्टले बुधबार बिहान आरोपी भट्टविरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए।

छोटकरी विशेष 15 दिन पहिले

भागरथी बलात्कार–हत्या प्रकरणः एकजना पक्राउ

भागरथी भट्टकाे बलात्कार र हत्यामा संलग्न रहेकाे आराेपमा उनकै विद्यालयमा अध्ययनरत एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दिनेश भट्ट रहेकाे प्रहरीले बताएकाे छ। उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालय ल्याइएको छ। उनीविरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान हुने बताइएकाे छ।

छोटकरी विशेष 15 दिन पहिले

नयाँ शैक्षिक सत्र असारदेखि सुरु हुने

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक सत्र असारदेखि सुरु हुने बताएका छन्। त्यस्तै सरकारले कक्षा १० मा पनि भर्ना हुन पाइने व्यवस्था गरेको छ। शिक्षा नियमावलीको नवौं संशोधन गरेर कक्षा ९ मा भर्ना भएर रजिस्ट्रेसन फाराम भरेपछि त्यही विद्यालयबाट एसईई दिनु पर्ने प्रावधान हटाउँदै कक्षा १० मा भर्ना हुन पाइने व्यवस्था गरेकाे हाे।

छोटकरी विशेष 16 दिन पहिले

भागरथीका हत्याराकाे नजिक पुगेका गृहमन्त्रीकाे दाबी, एकजना नियन्त्रणमा

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषीकाे नजिकै पुगेका दाबी गृहमन्त्री रामबहादुर थापाले गरेका छन्। बढ्दो महिला हिंसाका घटनामा संलग्नलाई कारबाहीको माग गर्दै सर्वोच्च अदालत बार एसोसिएसन,महिला समितिको नेतृत्वमा मंगलबार मन्त्रालयमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री थापाले यस्ताे बताएका हुन्। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई कञ्चनपुरबाट पक्राउ गरेको छ।

छोटकरी विशेष 16 दिन पहिले

नेपालमा सरकार बनाउने भारतीय गृहमन्त्रीकाे बयानविरुद्ध 'एक्सन'मा नेपाल

भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देवले नेपालका सम्बन्धमा दिएको आपत्तिजनक अभिव्यक्तिका सम्बन्धमा नेपालले भारतकाे ध्यानाकर्षण गराएकाे छ। भारतस्थित नेपालका राजदूत निलाम्बर आचार्यले नेपाल डेस्कमा फाेन गरी बयानबारे प्रष्ट पार्न आग्रह गरेका हुन्। मुख्यमन्त्री देवले गृहमन्त्रीसँगकाे वार्तामा नेपाल र श्रीलंकामा समेत बिजेपी सरकार बनाउने याेजना रहेकाे भनेकाे बताएका थिए।

छोटकरी विशेष 16 दिन पहिले

अग्रिम भुक्तानी दिएर भारतबाट काेराेना खाेप किन्दै सरकार

मन्त्रिपरिषद्ले कोरोना भाइरसविरुद्धको खोप खरिदमा अग्रिम भुक्तानी दिन सक्ने निर्णय गरेको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भारतमा बनेको कोभिसिल्ड भाक्सिन खरिद गर्दा अग्रिम भुक्तानी दिने निर्णय गरेको हो। यसअघि भारतको सिरम इन्स्टिच्यूटसँग एक डोज खोपको ४ डलरमा खरिद गर्ने सहमति भएपनि कम्पनीले अग्रिम भुक्तानी माग्दा प्रक्रिया अघि बढेकाे थिएन।

छोटकरी विशेष 16 दिन पहिले

पार्टीभित्रकाे झगडाका कारण संसद विघटन गर्न नपाउने एमीकसकाे जिकिर

एमीकस क्युरीका सदस्य तथा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रतिनिधिसभा विघटन बदनियत र असंवैधानिक भएको बताएका छन्। उनले पार्टीभित्रकाे झगडाका कारण प्रतिनिधि सभा विघटन गर्न नपाउने दाबी गरेका हुन्। त्यस्तै अदालतले गर्ने फैसलामा प्रधानमन्त्रीलाई जवाफदेही हुने संविधानले व्यवस्था गरेको थलो पनि देखाउनुपर्ने कार्कीको भनाइ थियो।

छोटकरी विशेष 16 दिन पहिले

संसद विघटनविरुद्धकाे मुद्दाः बहस सकियाे, एमिकस क्युरीकाे राय लिइँदै

संसद विघटनकाे मुद्दामा पक्ष विपक्षकाे बहस सकिएसँगै एमिकस क्युरीबाट राय संकलन गर्ने कार्य सुरु भएकाे छ। अदालतकाे सहयाेगीका रूपमा रहने एमिकस क्युरीले मंगलबारबाट सर्वाेच्च अदालतलाई राय दिन थालेकाे हाे। एमिकसकाे राय बुझेसँगै अदालतले फैसलाकाे मिति तय गर्ने बताएकाे छ।

छोटकरी विशेष 16 दिन पहिले

राजाले हुर्काएका कम्युनिस्ट आफैँ राजा बनेकाे देउवाकाे आराेप

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टहरूलाई राजाले हुर्काएकाे आराेप लगाएका छन्। राजाले आफूहरूलाई दुःख दिएकाे बताउँदै उनले कम्युनिस्टहरू नै राजा बनेकाे बताएका हुन्। देउवाले जुलुसले प्रतिनिधिसभा विघटनको निर्णय जुलुसले नगर्ने समेत बताएका छन्। त्यस्तै उनले वैशाखमा चुनाव हुनेमा शंका व्यक्त गरेका छन्।

छोटकरी विशेष 17 दिन पहिले

सांसदले गरेनन् गाडी फिर्ता, सचिवालय 'एक्सन'मा

विघटित प्रतिनिधिसभाका सांसदहरूले संसद विघटन भएकाे लामाे समयसम्म गाडी फिर्ता गरेका छैनन्। संसद विघटनसँगै प्रतिनिधिसभाका सांसद र विषयगत समितिका सभापतिको सुविधा पनि खोसिएको भएपनि उनीहरूले गाडी फिर्ता गरेका छैनन्। गाडी फिर्ता नगर्नेहरूमा संसदकाे विभिन्न समितिका अध्यक्ष लगायत रहेका छन्। संसदहरूले गाडी फिर्ता गर्ने छाँट नदेखाएपछि संसद सचिवालयले भने गाडी फिर्ता नगर्ने सांसदहरूकाे सूची तयार गरेकाे छ।

छोटकरी विशेष 17 दिन पहिले

ओली सरकारकाे तीन वर्ष पूरा, यी हुन् मुख्य काम

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारले तीन वर्ष पूरा गरेकाे छ। सरकारले तीन वर्ष पूरा गरेका अवसरमा प्रधानमन्त्री ओलीले तीन वर्षको अवधिमा विभिन्न ८९ वटा नयाँ कानुन निर्माण गरेकाे, लाेडसेडिङ हटाएकाे तथा विकास निर्माणले गति लिएकाे बताएका छन्। बजेटकाे आकार बढेकाे दाबी गर्दै उनले प्रतिव्यक्ति आय समेत बढेकाे दाबी गरेका छन्।

छोटकरी विशेष 17 दिन पहिले

पूर्वप्रधानन्याधीशले सर्वाेच्चमा बुझाए जवाफ, यस्ताे छ जवाफकाे मजबुन

अदालतकाे अपहेलना मुद्दामा चारजना पूर्वप्रधान्यायाधीशहरूले सर्वाेच्चमा लिखित जवाफ बुझाएका छन्। अदालतको अवहेलनासम्बन्धी मुद्दा झेलिरहेका पूर्वप्रधानन्यायाधीशले सोमबार सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका हुन्। अधिवक्ता लोचन भट्टराई र धनजीत बस्नेतले उनीहरूविरुद्ध मुद्दा दायर गरेका थिए। उनीहरूले छुट्टाछुट्टै जवाफ पेश गरेका हुन्। जवाफमा अदालतमा विचाराधीन हुँदैमा जनसरोकारकाे विषयमा बोल्न नपाइने भन्ने नहुने बताइएकाे छ।

छोटकरी विशेष 17 दिन पहिले

कुलमानले नभई आफूले लाेडसेडिङ हटाएकाे प्रधानमन्त्रीकाे दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई कुलमानले नभई आफूले लोडसेडिङ हटाएकाे बताएका छन्। काठमाडौंमा आयोजित उद्योगी तथा व्यावसायीको राष्ट्रिय भेलामा बोल्दै उनले लोडसेडिङ हटाएको जस अरूले लिन खोजे पनि भारतसँग विद्युत खरिद गरी आफूले लोडसेडिङ हटाएको बताएका हुन्। यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले पनि प्रधानमन्त्री ओलीकाे पहलमा लाेडसेडिङ हटेकाे बताएका थिए।

छोटकरी विशेष 17 दिन पहिले

आईपीएल २०२१ का लागि छानिए सन्दीप लामिछाने

आईपीएल २०२१ का लागि नेपाली क्रिकेट टाेलीका खेलाडी सन्दीप लामिछाने छनाैट भएका छन्। ट्वेन्टी-ट्वेन्टी क्रिकेटको चर्चित इन्डियन प्रीमियर लीग (आईपीएल) को सन् २०२१ को प्रतियोगिताका निम्ति खेलाडीहरूलाई अक्शन वा लिलाम बढाबढबाट छान्ने सूचीमा यसपालि पनि केवल एक नेपाली खेलाडी परेका हुन्।

छोटकरी विशेष 20 दिन पहिले

पाँच वर्षमा भए ८ हजार भन्दा बढी बलात्कार

नेपालमा पाँच वर्षमा ८ हजारभन्दा बढी बलात्कार भएकाे तथ्यांक सार्वजनिक भएकाे छ। प्रहरीको तथ्यांकले विगत पाँचवटा आर्थिक वर्षमा नेपालमा ८,००० भन्दा बढी बलात्कार र ३,१०० भन्दा बढी बलात्कारको प्रयासका घटना भएको देखिएकाे हाे। यस अवधिमा झन्डै ६०,००० हजार घरेलु हिंसाका घटनाहरू दर्ता भएका छन्।

छोटकरी विशेष 20 दिन पहिले

प्रधानमन्त्रीकहाँ १५ दिनसम्म पनि पुगेन सर्वाेच्चकाे आदेश

अदालतको अवहेलना मु्द्दामा न्यायाधीश मनोजकुमार शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको १५ दिनसम्म पनि अदाललतमा जवाफ पुगेकाे छैन। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अदालतबाट उक्त आदेशको जानकारीसहितको पत्र नआएको बताए।

छोटकरी विशेष 20 दिन पहिले

काठमाडौँमा महिला हिंसाविरुद्ध शवयात्रा

मुलुकका विभिन्न ठाउँमा भएको महिला हिंसा एवं प्रतिगमनको विरुद्धमा काठमाडौँमा महिला मार्च गरिएको छ। वसन्तपुरबाट सुरु भएको आन्दोलन रत्नपार्क हुँदै सिंहदरबार पुगेकाे थियाे। विरोध र्‍यालीमा सरकारले महिला हिंसा रोक्न नसकेको, बलात्कार र हत्याका घटनाहरू नरोकिएको भन्दै आक्रोश पोखिएको छ। मार्चमा प्रतीकात्मक शवयात्रा निकालिएकाे छ।

छोटकरी विशेष 20 दिन पहिले

प्रधानमन्त्री राजा र श्री ३ बराबर भएकाे वकिलहरूकाे दाबी

सर्वाेच्च अदालतमा विचाराधीन संसद विघटनविरुद्धकाे मुद्दामा भइरहेकाे बहसका क्रममा प्रधानमन्त्रीका वकिलहरूले प्रधानमन्त्रीलाई राजा र श्री ३ बराबरको अधिकार रहेकाे बताएका छन्। प्रधानमन्त्रीका निजी कानुन व्यवसायी अधिवक्ता रामचन्द्र गौतमले संसदीय शासन प्रणालीमा प्रधानमन्त्रीलाई अवशिष्ट अधिकार रहेको दाबी गरेका हुन्।

छोटकरी विशेष 21 दिन पहिले

शेयर बजार लाग्याे ओरालाे, के-के भयाे आज ?

साताको अन्तिम कारोबार हुने दिन - बिहीबार सेयर बजारओरालाे लागेकाे छ। आज नेप्से परिसूचक १६.११ अंकले घटेर २५२६.९२ अंकमा पुगेको हो। नेप्से ०.६३ प्रतिशतले घटेको हो। यस्तै सेन्सेटिभ परिसूचक पनि १.६६ अंकले घटेर ४६३.४७ अंकमा पुगेको छ। कुल २ सय ६ वटा कम्पनीको १ करोड ५९ लाख ९२ हजार ९९० कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ३८ करोड २२ लाख १२ हजार ६३४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

छोटकरी विशेष 21 दिन पहिले

विप्लव समूहकाे माेर्चाबन्दी, सरकारलाई घेर्ने तयारी

प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)ले अन्य ३ पार्टीसँग माेर्चाबन्दी गरेकाे छ। माेर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रहेका छन्। माेर्चाले सरकार विरुद्ध माघ २९ देखि फागुन १८ गतेसम्मका संघर्षका कार्यक्रमहरू समेत सार्वजनिक गरेकाे छ। यसअघि सरकारले विप्लव समूहलाई वार्तामा ल्याउने काेसिस गरेकाे थियाे।

छोटकरी विशेष 21 दिन पहिले

पक्राउ परेकाे ५ घण्टामै रिहा भइन् झाँक्री

प्रहरीले नेकपा प्रचण्ड-माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ। पक्राउ परेकाे ५ घण्टामै रिहा भएकी झाँक्रीले राष्ट्रपतिकाे आलाेचना गरेकाेमा पश्चाताप नभएकाे बताएकी छन्। उनले आफ्नाे रिहाइले प्रतिगमन झुकेकाे प्रक्रियाका रूपमा रहेकाे बताइन्। प्रहरीले भने संवैधानिक राष्ट्रपतिप्रति सम्मान रहेकाे भन्ने लिखित कागज बनाएपछि झाँक्री रिहा भएकाे बताएकाे छ। राज्यविरुद्धको कसुरको आरोपमा पक्राउ परेकी झाँक्रीलाई प्रहरीले सामान्य सोधपुछपछि बिहीबार साँझ रिहा गरेको हो।

छोटकरी विशेष 21 दिन पहिले

झाँक्रीकाे पक्राउ बारे कसले के भने ?

नेकपाकाे प्रचण्ड-नेपाल पक्षकी नेत्री रामकुमारी झाँक्री पक्राउ परेसँगै विभिन्न राजनीतिक दल तथा नेताहरूले प्रतिक्रिया दिइरहेका छन्। नेपाली कांग्रेसका नेता गगन थापाले बाेलेकै आधारमा पक्राउ गर्न थाले जेल भरिने बताएका छन्। त्यस्तै, नेकपाका अध्यक्ष प्रचण्डले नेत्री झाँक्रीलाई प्रधानमन्त्रीकाे ठाडाे निर्देशनमा पक्राउ गरिएकाे बताएका छन्। नेकपाकै नेता सुरेन्द्र पाण्डेले फाँसीवादी तरिकाले झाँक्री पक्राउ परेकाे बताएका छन्। त्यस्तै, कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पाैडेलले झाँक्रीकाे पक्राउले सरकारकाे अधिनायकत्व उदांगिएकाे बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो।

छोटकरी विशेष 21 दिन पहिले

नेकपा नेत्री रामकुमारी झाँक्री पक्राउः ७ वर्ष जेल हुनसक्ने

नेकपाको दाहाल–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ। राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेकाे हाे। अपराध पुष्टि भएमा उनलाई ७ वर्ष कैद, ७० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनेछ। कार्यकर्ताहरूकाे विराेधका बीच उनलाई पक्राउ गरिएकाे हाे। कानुनविद्हरूले भने झाँक्रीलाई राज्यविरूद्धको कसुरअन्तर्गत पक्राउ गर्नै नमिल्ने बताएका छन्। मुलुकी अपराध संहिताको दफा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुनेबारे व्यवस्था छ।

छोटकरी विशेष 22 दिन पहिले

कहिले आउला संसद विघटनविरुद्धकाे मुद्दाकाे फैसला

प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वाेच्च अदालतमा विचाराधीन मुद्दाकाे बहस अन्तिम चरणमा पुगेसँगै छिट्टै फैसला आउने आँकलन गर्न थालिएकाे छ। विपक्षीहरूको बहस अन्तिम चरणमा प्रवेश गरेसँगै संवैधानिक इजलासले उक्त विवादलाई फागुनको दोस्रो साताआसपास निरूपण गर्ने सम्भावना रहेकाे बताइएकाे छ।

छोटकरी विशेष 22 दिन पहिले

खाडी जाने महिलालाई कडाई गरिँदै, परिवारको सहमति चाहिने

अध्यागमन विभागले विदेश भ्रमणसम्बन्धि कार्यविधिमा संशोधन गरि खाडी मुलुकमा पहिलोपटक भ्रमण गर्ने महिलालाई परिवारको सहमति वा वडाको सिफारिस अनिवार्य चाहिने प्रावधान राख्न सिफारिस गरेको छ। खाडी मुलुकमा एक्लै भिजिट भिसामा जाने महिलालाई मात्र यस्तो सिफारिस चाहिने व्यवस्था गर्न सिफारिस गरिएको अध्यागमन विभागले जनाएकाे छ।

छोटकरी विशेष 22 दिन पहिले

१० लाख मान्छे बालुवाटार घेर्न ल्याउने प्रचण्डकाे चेतावनी

नेपाल कम्युनिस्ट पार्टी नेकपाकाे प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार र बालुवाटार घेर्न १० लाख मान्छे मैदानमा उतार्ने चेतावनी दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका पीडा नबुझे सिंहदरबार र बालुवाटार घेरिने बताएका हुन्। शान्तिपूर्ण आन्दोलन विद्रोहमा गए आँधीहुरी आउने प्रचण्डकाे भनाइ थियाे।

छोटकरी विशेष 22 दिन पहिले

यस्ताे भयाे प्रचण्ड-नेपाल समूहकाे आमसभा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले बुधबार काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ। दाहाल–नेपाल समूहले राजधानीका विभिन्न स्थानबाट र्‍याली निकालेर भृकुटीमण्डपमा विशाल सभाको आयोजना गरेको हो। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीकाे नारायणहिटी दरबार अगाडि आमसभा गरेका थिए। ओलीकाे साे आमसभा भन्दा आजकाे आमसभा विशाल भएकाे दाबी गर्दै कार्यक्रममा ५ लाखकाे संख्यामा मानिसहरू आएकाे दाबी अध्यक्ष दाहालले गरेका छन्। कार्यक्रम सकिएपछि नेताहरूले सभास्थलमा सरसफाइ समेत गरेका छन्।

छोटकरी विशेष 22 दिन पहिले

अदालत र आयाेगलाई खुट्टा नकमाउन प्रचण्ड-नेपाल समूहकाे आग्रह

नेकपाकाे प्रचण्ड-माधव समूहले सर्वाेच्च अदालत र निर्वाचन आयाेगलाई खुट्टा नकमाउन आग्रह गरेकाे छ। प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार काठमाडौँमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड निर्णय लिने सन्दर्भमा अदालत र आयाेगले खुट्टा कमाउन नहुने बताएका हुन्। त्यस्तै अर्का अध्यक्ष माधव कुमार नेपालले आवश्यक परे निर्वाचन आयाेगमा ४४१ जना ल्याएर आउने समेत बताएका छन्.

छोटकरी विशेष 22 दिन पहिले

छोटकरीमा : चुनाव निर्धारित समयमै हुने सरकारकाे दाबी

सरकारले निर्धारित समयमै चुनाव हुने दाबी गरेकाे छ। मंगलबार प्रधानमन्त्री स्वयं निर्वाचन आयोगमा चुनावकाे तयारीकाे विषयमा जायजा लिन पुगी समयमै चुनाव हुने बताएका हुन्। सरकारले हिजाे मात्रै पहिलाे चरणमा ४० तथा दाेस्राे चरणमा ३७ जिल्लामा चुनाव गराउने निर्णय गरेकाे थियाे। तर, नेकपाकै प्रचण्ड-माधव खेमाले ओलीको कदम नसच्चिए देश गम्भीर संकटमा फस्ने बताएकाे छ।

छोटकरी विशेष 23 दिन पहिले

छोटकरीमा : विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकमा शाक्य नियुक्त

सरकारले नेपाल विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ। कुलमान घिसिङलाई पुनःनियुक्ति दिन कानुनी अड्चन भएकाे बताएकाे सरकारले शाक्यलाई भने विना प्रतिस्पर्धा नियुक्त गरेकाे हाे। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नै घिसिङकाे नियुक्ति राेकेका थिए।

छोटकरी विशेष 23 दिन पहिले

छोटकरीमा : उत्तराखण्डमा हिमपहिराे- १९ जनाकाे मृत्यु, थुप्रै बेपत्ता,

भातको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर सोमबारसम्म १९ जनाको मृत्यु भएको छ। घटनामा परी २ सयभन्दा बढी बेपत्ता भएका छन्। विज्ञहरूले घटनाको कारण तापक्रम वृद्धि भएकाे हुनसक्ने बताएका छन्।

छोटकरी विशेष 24 दिन पहिले

छोटकरीमा : ११ कम्पनीको सेयर कारोबार राेक्का

वार्षिक प्रतिवेदन पेश नगरेकाे भन्दै नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्जले ३ बैंक तथा वित्तीय संस्था, १ बिमा कम्पनी र ७ वटा हाइड्रोपावर कम्पनीहरुको सेयर कारोबार रोक्का गरेकाे छ। आजै नेप्से परिसूचक अहिलेसम्मकै उच्च स्थानमा पुगेकाे छ। त्यस्तै नेप्सेमा टि प्लस टु लागू भएकाे छ।

छोटकरी विशेष 24 दिन पहिले

छोटकरीमा : जब प्रधानन्यायाधीश इजलासमै झाेक्किए

संसद विघटनविरुद्धको मुद्दामा सर्वाेच्चमा सुनुवाइ भइरहेकाे छ। जारी बहसका क्रममा आज प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा अधिवक्ताहरूसँग झाेक्किएका छन्। अधिवक्ताहरूले समयकाे पालना नगरेपछि जबरा झाेक्किएका हुन्। यसअघि पनि जबरा अधिवक्ताहरूसँग झाेक्किएका थिए।

छोटकरी विशेष 24 दिन पहिले

छोटकरीमा यस हप्ता : थुनिएको महाकाली नदीदेखि प्रधानमन्त्रीको आमसभासम्म

माघ तेस्रो साता कोरोना खोप भित्रिएपछिको नेपाल, महाकाली नदि थुनियो, विप्लव समूहसँग मैत्री सम्बन्ध बनाउँदै सरकार, पशुपतिमा १४१ किलो सुनको जलहरी, प्रचण्ड-नेपाल समूहकाे हड्ताल, सेनाकाे बख्तरबन्द, प्रधानमन्त्रीकाे आमसभा, 'पुटिन प्यालेस' को रहस्य, म्यान्मारमा सैनिक कू, भारतमा नयाँ आवकाे लागि बजेट लगायतका विषयवस्तुहरू चर्चाका केन्द्रमा रहे। हप्ताभरका सम्पूर्ण गतिविधिहरूलाई छोटकरीमा यहाँ एकमुष्ट पढ्नुहोस्।

छोटकरी विशेष 25 दिन पहिले

छोटकरीमा : संवैधानिक नियुक्तिविरुद्ध सर्वाेच्चमा रिट

सभामुख अग्निप्रसाद सापकोटाले हालै गरिएका संवैधानिक नियुक्तिहरूविरुद्ध सर्वोच्च अदालतमा राष्ट्रपति कार्यालय तथा अन्य‍ ३८ जनालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्। रिट दायर गरेसँगै उनले पत्रकार सम्मेलन गरेका छन्। सम्मेलनमा उनले संविधानमाथि लगातार हमला भएकाले अदालतमा रिट निवेदन दिनुपरेकाे बताएका छन्।

छोटकरी विशेष 27 दिन पहिले

छोटकरीमा : प्रधानमन्त्रीकाे आमसभा, ऐतिहासिक भएकाे दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीकाे आमसभा सम्पन्न भएकाे छ। दरबारमार्गस्थित नारायणहिटी संग्रहालय अगाडि आमसभा गरिएकाे हाे। सभामा प्रधानमन्त्रीले देश पुनः पछाडि फर्किन नसक्ने बताएका छन्। सभा ऐतिहासिक भएकाे उनकाे दाबी थियाे।

छोटकरी विशेष 27 दिन पहिले

छोटकरीमा : सेनाकाे बख्तरबन्द चालू, आज तीन जिल्लामा अभ्यास

साेमबार काठमाडाैँमा बख्तरबन्द सहित नियमित अभ्यास गरेकाे नेपाली सेनाकाे बख्तबन्द देशका बुटवल, चितवन र कैलालीमा पनि देखिएकाे छ। नेपाली सेनाले नियमित अभ्यासका लागि बख्तरबन्द सडकमा निकालेको हाे। कतिपयले भने सेनाकाे नियमित अभ्यासलाई सन्देहकाे आँखाले हेरिरहेका छन्।

छोटकरी विशेष 28 दिन पहिले

छोटकरीमा : संसद विघटनविरुद्धकाे मुद्दा, सरकारी वकिल रक्षात्मक

सर्वाेच्च अदालतमा चलिरहेकाे संसद विघटनविरुद्धकाे मुद्दामा सरकारी वकिलहरू रक्षात्मक देखिएका छन्। इजालसबाट गरिने प्रश्नमा सरकारी वकिलहरू रक्षात्मक देखिएका हुन्। आजकाे बहसमा न्यायाधीश प्रस्ट हुन खोज्ने, सरकारपक्ष तर्कने अवस्था देखिएकाे छ।

छोटकरी विशेष 28 दिन पहिले

छोटकरीमा : प्रचण्ड-नेपाल समूहकाे हड्ताल सकियाे, कहाँ के भयाे ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड-नेपाल समूहले आव्हान गरेकाे नेपाल बन्द सहितकाे एकदिने हड्ताल सकिएकाे छ। देशभरि आंशिक प्रभाव रहेकाे हड्ताललाई प्रचण्ड समूहले सफल भएकाे बताएकाे छ भने प्रधानमन्त्रीले जनतालाई किन दुःख दिएकाे भन्दै प्रश्न गरेका छन्। हड्तालका क्रममा समूहका कैयाैं नेता कार्यकर्ता पक्राउ परेका छन् भने थुप्रै घाइते भएका छन्।

छोटकरी विशेष 28 दिन पहिले

छोटकरीमा : भाेलि प्रचण्ड-नेपाल समूहकाे आमहड्ताल

नेकपाको प्रचण्ड-नेपाल पक्षले 'बाध्यात्मक' कदम भन्दै भाेलि २१ गते आमहड्ताल घोषणा गरेकाे छ। हड्तालकर्ताहरूले परीक्षा दिन जानेहरूलाई अवराेध नगर्ने बताएकाे छ। त्यस्तै भाेलिकाे हड्ताल केका लागि भन्दै प्रधानमन्त्री ओलीले प्रचण्ड-माधव समूहलाई प्रश्न साेधेका छन्।

छोटकरी विशेष 29 दिन पहिले

छोटकरीमा : विवादका बीच संवैधानिक निकायका पदाधिकारीहरू नियुक्त

संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीलाई नियुक्त गरेकी छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेकी हुन्। नियुक्तिसँगै नियुक्तिविरुद्ध सर्वाेच्चमा रिट परेकाे छ।

छोटकरी विशेष 29 दिन पहिले

छोटकरीमा : विप्लव समूहसँग मैत्री सम्बन्ध बनाउँदै सरकार

सरकारले संर्घषरत विप्लव समूहसँग वार्ताकाे वातावरण बनाउन पहल गरेकाे छ। यस क्रममा सरकारका मन्त्री मणि थापाले नख्खुस्थित जेलमा रहेका विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीसँग भेट गरेका छन्। यसअघि सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएकाे थियाे।

छोटकरी विशेष 1 महिना पहिले

छोटकरीमा : आधिकारिकता दावी गर्दै प्रचण्ड-माधव आयाेगमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दावी गर्दै निवेदन दिएकाे छ। उता याे समूहका अध्यक्ष प्रचण्डले अदालतले संसद पुनःस्थापना नगरे संसद बैठक बोलाएर ओलीलाई हटाउने बताएकाे छ।

छोटकरी विशेष 1 महिना पहिले

छोटकरीमा: चुनावकाे घाेषणासँगै बजारमा बढ्याे महँगी

सरकारले चुनाव घाेषणा गरेसँगै बजारमा महँगी बढेकाे छ। बजारमा खासगरी दैनिक उपभाेग्य वस्तुहरूकाे मूल्य आकासिएकाे हाे। प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनाव घोषणा भएपछि महँगी बढेको हाे।

छोटकरी विशेष 24 दिन पहिले

छोटकरीमा : नेकपा औपचारिक रूपमा फुटतिर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रूपमा फुटतिर अघि बढ्ने देखिएकाे छ। नेकपाकाे प्रचण्ड-माधव समूहले पार्टी विभाजनका लागि निर्वाचन आयाेग जाने निर्णय गरेसँगै पार्टी विभाजनतिर जाने देखिएकाे छ।

छोटकरी विशेष 1 महिना पहिले

छाेटकरीमाः म्यान्मारमा सैनिक कू, संकटकाल घाेषणा

एसियन देश म्यान्मार (बर्मा) मा सैनिक कू भएकाे छ। म्यान्मारको सेनाले देशलाई आफ्नो नियन्त्रणमा लिएको पुष्टि गर्दै नेत्री आङ सान सू ची लगायतका नेताहरूलाई पक्राउ गरेको बताएकाे छ। घटनापछि अमेरिकी राष्ट्रपति जाे बाइडेनले पक्राउ परेका नेताहरू तत्काल नछुटे कारबाही गर्ने चेतावनी दिएकाे छ।

छोटकरी विशेष 1 महिना पहिले

छाेटकरीमाः भारतमा नयाँ आवकाे लागि बजेट सार्वजनिक

भारतले नयाँ आर्थिक वर्ष २०२१/२२ का लागि बजेट सार्वजनिक गरेकाे छ। भारतीय वित्तमन्त्री निर्मला सीतारमणले संसदमा पेश गरेकाे बजेट भारतीय इतिहासमै पहिलाेपटक 'ट्याबलेट'बाट सार्वजनिक गरिएकाे हाे। यसपटककाे बजेटमा भारतले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेकाे छ। त्यस्तै भारतले नेपाललाई दिँदै आएकाे अनुदानमा समेत वृद्धि गरेकाे छ।

छोटकरी विशेष 1 महिना पहिले

छोटकरीमा : नेकपाका दुवै समूह निर्वाचन आयोगमा

निर्वाचन आयाेगले नेकपाका दुवै समूहलाई आयोगमा बाेलाएर छलफल अघि बढाएकाे छ। निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै पक्षसँग आज छलफल गरेकाे हाे। केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र लेखेर आयोगले निर्वाचन तयारी र दल दर्ता प्रक्रियाबारे छलफल गर्न बहादुर भवनस्थित कार्यालयमा बोलाएको हाे।

छोटकरी विशेष 1 महिना पहिले

छोटकरीमा: इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँड

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको साधारण शेयर (आइपीओ) काे बाँडफाँड सम्पन्न भएकाे छ। त्यस्तै याे साता शेयर बजारले नयाँ रेकर्ड राखेकाे छ। अघिल्लो साता नेप्सेमा ३४ अर्ब १६ करोड रुपैयाँभन्दा माथिको कारोबार भएकोमा याे साता बढेर ४४ अर्ब ४६ करोड रुपैयाँ नाघेको छ ।

छोटकरी विशेष 1 महिना पहिले

छाेटकरीमाः नेकपाका दुवै समूहलाई निर्वाचन आयाेगले डाक्याे

निर्वाचन आयाेगले नेकपाका दुवै समूहलाई बाेलाएकाे छ। आयोगले मध्यावधि निर्वाचनको तयारी र निर्वाचनका लागि दल दर्ता गर्ने सम्बन्धमा छलफल गर्न बोलाएको हो।

छोटकरी विशेष 1 महिना पहिले

छाेटकरीमाः सुशासन सूचकांकमा खस्कियाे नेपाल, बढ्याे भ्रष्टाचार

नेपाल सुशासनको सूचकांकमा गत वर्षभन्दा खस्किएको छ। नेपाल ३३ अंकसहित ११७औं स्थान पुगेकाे ट्रान्सपरेन्सी इन्टरनेसनले जनाएकाे छ।

छोटकरी विशेष 1 महिना पहिले

छाेटकरीमाः नेकपालाई पुनः जाेड्ने वामदेवकाे प्रयास

विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पुनः एक ठाउँमा ल्याउन उपाध्यक्ष वामदेव गाैतमले प्रयास गरिरहेका छन्। विवादपछि दुई भागमा विभक्त नेकपाकाे कुनै पनि खेमामा नलागेका गाैतमले पार्टी एकता बचाउने भन्दै अभियान थालेका हुन्।

छोटकरी विशेष 1 महिना पहिले

छाेटकरीमा: सर्वाेच्चमा संसद विघटन विरुद्धकाे मुद्दामा आजकाे सुनुवाई

सर्वाेच्चमा संसद विघटन विरुद्धकाे जारी सुनुवाईमा बहस लम्बिँदै गएपछि प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराले बहसका लागि १०/१५ मिनेट भन्दा बढी समय दिन नसकिने बताएका छन्। प्रधानन्यायाधीश जबराले इजलासमा रमाइलाे तरिकाले प्रश्नाेत्तर गरिरहेका छन्।

छोटकरी विशेष 1 महिना पहिले

छाेटकरीमाः अमेरिका र रुसका राष्ट्रपति बीच टेलिफाेनवार्ता

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जाे बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच टेलिफाेन वार्ता भएकाे छ। नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेन र रुसी राष्ट्रपति पुटिन बीच पहिलाेपटक फाेन वार्ता भएकाे हाे। मंगलवार दिउँसो भएको संवादमा रुसमा जारी विपक्षीको प्रदर्शन र आणविक सम्झौताको सुरुवात गर्ने लगायत विषयमा छलफल भएको बताइएको छ।

छोटकरी विशेष 1 महिना पहिले

छाेटकरीमाः भारत - किसान आन्दाेलनमा हिंसा

भारतमा केही महिना यतादेखि चलिरहेकाे किसान आन्दाेलनले मंगलबार हिंसाकाे रूप लिएकाे छ। प्रहरीसँग भएकाे प्रदर्शनकारीकाे भिडन्तमा परी एक प्रदर्शनकारीको मृत्यु भएको छ। भारतमा आजै गणतन्त्र दिवस समेत मनाइएकाे छ।

छोटकरी विशेष 1 महिना पहिले

छाेटकरीमाः विश्वकाे दाेस्राे सर्वाेच्च शिखर 'केटु'मा 'सयाैँ थुंगा...'

नेपाल आराेहण दलले विश्वकै दाेस्राे सर्वाेच्च शिखर केटु हिमाल आराेहण गरेकाे छ। जाडो सिजनमा पहिलोपटक पाकिस्तानको माउन्ट केटु (८६११ मिटर अग्लो) हिमाल आरोहण गरेर नेपाली टोली काठमाडौं फर्किएको हाे। टाेलीलाई प्रधानमन्त्रीले सम्मान गरेका छन्।

छोटकरी विशेष 1 महिना पहिले

छाेटकरीमाः प्रधानमन्त्री र पूर्वप्रधानन्यायाधीशहरूविरुद्ध अपहेलना मुद्दा दर्ता

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वाेच्चमा अदालतकाे अपहेलना मुद्दा दायर भएकाे छ। माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्री विरुद्ध अपहेलनाको मुद्दा पेश गरेका हुन्। त्यस्तै ४ जना पूर्वप्रधानन्यायाधीशहरू विरुद्ध समेत अपहेलना मुद्दा दायर भएकाे छ।

छोटकरी विशेष 1 महिना पहिले

छाेटकरीमाः भारत चीन सीमामा पुनः भिडन्त

केही समयअघि देखि तनावग्रस्त भारत-चीन सीमामा पुनः भिडन्त भएकाे छ। भिडन्तमा दुवैतर्फका केही सैनिक घाइते भएका छन्। झडपपछि भारतले चीनका सैनिकलाई सीमा क्षेत्रबाट खेदेकाे बताइएकाे छ। यसअघि भारतचीनका सैनिकहरूबीच झडप हुँदा २० जना भारतीय सैनिककाे ज्यान गएकाे थियाे।

छोटकरी विशेष 1 महिना पहिले

छाेटकरीमाः अधिवक्तालाई प्रधानमन्त्रीले गाली गरेकाे आराेप

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुन:स्थापनाको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरी व्यक्तिगत टिप्पणी गरेकाे भन्दै अधिवक्ताहरूले विराेध जनाएका छन्। अधिवक्ता भण्डारीले स्वयंले पनि यसकाे विराेध गरेका छन्। उनले यस विषयमा अदालतमा समेत प्रश्न उठाएका छन्। प्रधानमन्त्रीले केहीदिन अघि अधिवक्तालाई अदालतमा लगेर 'तमासा' देखाएकाे आराेप लगाएका थिए।

छोटकरी विशेष 1 महिना पहिले

छाेटकरीमाः नागरिक आन्दोलनमा प्रहरीकाे दमन

प्रतिनिधिसभा विघटनविरुद्ध निकालिएको नागरिक मार्चमा प्रहरीले हस्तक्षेप गरेकाे छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदमको विरोधमा नागरिक अगुवाहरुले गरेको बालुवाटार मार्च पासमा प्रहरीले हस्तक्षेप गर्दा केही अगुवाहरु घाइते समेत भएका छन्। नागरिक अगुवाहरूले प्रहरी दमनकाे घाेर भत्र्सना गरेका छन्।

छोटकरी विशेष 1 महिना पहिले

छाेटकरीमाः प्रचण्ड बाबुरामकाे पुनःमिलन

लामाे समय एउटै पार्टीमा रहेर सशस्त्र संघर्ष गरेका प्रचण्ड र बाबुराम पुनः एकै ठाउँ देखिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै वैचारिक रूपमा एकै ठाउँ देखिएका प्रचण्ड र बाबुराम बीच लामाे समयपछि औपचारिक छलफल भएकाे छ। त्यस्तै उनीहरूले आजै उपरराष्ट्रपति नन्दकिशोर पुनसँग पनि भेट गरेका छन्।

छोटकरी विशेष 1 महिना पहिले

छोटकरीमा : बाइडेनकाे पहिलाे काम, ट्रम्पका निर्णय उल्ट्याउँदै

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जाे बाइडेनले काेराेना नियन्त्रण आफ्नाे प्राथमिकतामा रहने बताएका छन्। भाइरस नियन्त्रणका लागि बाइडेनले १० वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेकाे जनाइएको छ। त्यस्तै उनले अमेरिका पुनः डब्लूएचओमा फर्किने निर्णय गर्दै ट्रम्पले यसअघि गरेकाे निर्णय उल्ट्याएका छन्।

छोटकरी विशेष 1 महिना पहिले

Privacy

Download